धनगढीः नेकपा माओवादी बझाङमा समस्या देखिएको छ। पार्टीका नेताहरू २ कित्तामा विभाजन भएपछि समस्या भएको हो।
जसमा मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेको भन्दै समानान्तर कमिटी नै गठन गरिएको छ। नन्दलाल धामी संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समान्तन्तर कमिटी गठन गरिएको हो।
एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो। तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको सोमबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए।
पार्टीमा जिम्मेवारी दिने विषयले विवाद सुरु भएको पाइएको छ।
Facebook Comments Box