धनगढी: कैलालीमा गोठमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका- १० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको गोठमा आगलागी हुँदा उनका ७२ वर्षीय बुवा कुक्रु डगौरा थारुको जलेर घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार बिहान २ बजेको समयमा चौधरीको २ तले २ कोठे काठले बनेको खरले छाएको कच्ची गोठको माथिल्लो तलामा अचानक आगलागी भएको थियो।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
Facebook Comments Box