Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा (एमाले) को लम्की चुहा नगरपालिका वडा नम्बर १ को दोस्रो अधिवेशन केन्द्रीय सदस्य कमला ओलीका कारण लम्बिएको छ। २० गते ओलीले वडा अधिवेशन उद्घाटन गरेकी थिइन्। तर तीन दिन पुग्दासम्म पनि नयाँ कमिटी बन्न सकेको छैन। कैलाली क्षेत्र नम्बर २ की इन्चार्ज समेत रहेकी ओलीले आफ्ना ज्वाईं बलबहादुर भण्डारीलाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेपछि अधिवेशन लम्बिएको बताइएको छ। ओलीलेजस्तै लम्कीका पूर्व मेयर महादेव बजगाईले पनि आफ्ना ज्वाईं भरत खनाललाई बनाउन खोजेका छन्। त्यहाँ व्यवसायी सूर्यबहादुर थापाले पनि आफ्ना निकटका डिल्ली गडतोलालाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेका छन्। ओली, बजगाई र थापा एमाले भित्र एउटै समूहका हुन्। तर, स्रोतका अनुसार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले बजेट शून्यताको अवस्था चाडै अन्त्य गर्ने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले हिजो बजेट शून्यताको अवस्थालाई छिट्टै अन्त्य गरेर राजश्व संकलन र दैनिक खर्चको विषयमा निकाश दिने बताएका हुन्। ‘आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तिव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ। हामी सचिव ज्यूहरुसँग बसेर राजश्व र दैनिक खर्चको कुरामा एक÷दुई दिनभित्र निकास दिन्छौँ,’ उनले भने। शाहले राजश्व र दैनिक खर्चको विषय व्यवस्थाप भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई समेत अघि बढाइने बताएका छन्। दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाहले ६ जना…

Read More

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ । उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् । ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । थापा अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । अहिले प्रहरी प्रधान…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

Read More

धनगढी : बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत रहेका छन्। उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गत असार २३ र २४ गते ‘क्लाउड बर्ष्ट’ (आरीघोप्टे वर्षा) भएको निष्कर्ष निकालेको छ । विभागका मौसमविदको टोलीले स्थलगत अध्ययन, तीन स्थानका वर्षा मापन केन्द्रका उपकरण जाँच र सो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड बर्ष्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको हो । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘एउटा केन्द्र (हनुमाननगर) मा एक घण्टामा १०२ मिलिमिटर वर्षा मापन भएको छ । सामान्यतया क्लाउड बर्ष्ट भन्नाले एक घण्टामा १०० मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यस अनुसार क्लाउड बर्ष्ट भएको भनेका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने बताएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले बजेट शून्यताको अवस्थालाई छिट्टै अन्त्य गरेर राजस्व संकलन र दैनिक खर्चको निकासा दिने बताएका हुन् । ‘गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो,’ शाहले भने, ‘तर योपटक सबै मन्त्रीज्यूलाई एकैपटक शपथग्रहण गराएका छौं । हामी सचिवज्यूहरूसँग बसेर राजस्व र दैनिक खर्चको निकास एकरदुई दिनमै दिन्छौं ।’ शाहले राजस्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक…

Read More

काठमाडौँ : बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार, हसिना भारतीय मूलमा प्रवेश गरेकी छिन्। यसैबीच कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‘बंगलादेशमा बढेको तनावसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप सतर्कता र सुरक्षा बढाएको छ। विशेषगरी कोसी प्रदेश र अन्य सीमा क्षेत्रमा फौजको संख्या समेत बढाइएको छ। सीमा क्षेत्रमा चेकजाँच र गस्ती पट्रोल र निगरानी समेत बढाइएको छ,’…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् । विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसका ७० विभाग छन् । यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए । हेर्नुहोस् सूची :

Read More

काठमाडौँ : बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर सुरक्षित स्थानतर्फ भागेकी छन्। कतिपय मिडियाले उनी सैन्य हेलिकप्टर चढेर भारततर्फ भागेको दाबी गरेका छन्। यसैबीच प्रधानमन्त्री हसिनाले देश छाडेपछि त्यहाँको प्रधानमन्त्री निवासमा आन्दोलनकारी घुसेका छन्। त्यसका तस्बिर तथा भिडिओ फुटेज सार्वजनिक भइरहेका छन्।

Read More