Author: महेन्द्रनगर पोष्ट

धनगढीः परराष्ट्रमन्त्री एनपी साउँदले खप्तड क्षेत्र पश्चिमको संस्कृति भएको बताएका छन्। काठमाडौँमा मङ्गलवार आयोजित ‘दृश्यमा खप्तड शृङ्खला–२’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा पहाडमात्र नभइ पश्चिमको संस्कृति भएको बताएका हुन्। दुई वटा नदी कर्णाली र महाकाली पूर्व र पश्चिममा पनि पहिले हिँड्न सक्ने अवस्था नभएको भन्दै उनले बीचमा कर्णाली बगेको हुनाले दुई किनारमा भएका मान्छेहरूको मिलन आजको जस्तो सजिलो नभएको उनले उल्लेख गरे। अहिले भने विकास बदलिएको साउँदले बताए। ‘हामीले अहिले विकास भएको हो भन्ने बुझेका हुन्छौँ। यसको १०औँँ हजार वर्षको इतिहास छ। समयको कालखण्डलाई नाघेर अहिले पनि त्यो सभ्यता संस्कृति हो’ उनले भने, ‘त्यसैले त्यो संस्कृति नेपालको वास्तविक संस्कृति…

Read More

एजेन्सी : टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ । जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ। अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुनसक्ने बताएको छ। केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ । यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट…

Read More

डडेल्धुरा: डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएसंगै अब कक्षा सञ्चालनको तयारी भएको छ । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि माघदेखि कक्षा सञ्चालन गरिने भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए । ‘एमबीबीएसको पढाई सुरु गर्नका लागि भने डडेल्धुरा अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले…

Read More

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा अमरगढी नगरपालिका–४ डडेल्धुराका इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन् । प्राधिकरणको अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार (पुस १६ गते) बसेको बोर्डको बैठकले सञ्चालक सदस्यको रिक्त पदमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरेको हो । विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैर–सरकारी व्यक्तिहरूमध्येबाट ऐरलाई नियुक्त गरिएको जनाइएको छ । सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव छ ।

Read More

काठमाडौं :  रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावासले बताएको छ । रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको छ । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ ।

Read More

डडेल्धुराः कार्यालयको अनुमति नलिई बिदा बस्ने कर्मचारीको तलब काट्ने भएको छ। जिल्लाको आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने भएको हो। अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता बिरबहादुर बोहराले बताए। गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनले बताए ।

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन । सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्,‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन । तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए-देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा…

Read More

काठमाडाैं : नेपाली सेनाका १५ जना जर्नेलको सरुवा भएको छ । गत बिहीबारदेखि लागू हुनेगरी १५ जनाको सरुवा भएको हो । उपरथी योगराज शर्मालाई व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख बनाइएको छ । उनी यसअघि निरीक्षणाधिकृत विभागबाट सोही विभागमा काजमा थिए । सहायक रथी प्रकाश देउजालाई युद्धकार्य निर्देशनालयबाट पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वार्टरमा सरुवा गरेर सैनिक सामग्री प्राप्ती निर्देशनालयमा काज लगिएको छ । यस्तै कृष्णबहादुर जिसीलाई मध्य पश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नेपाली सैनिक ब्याटल स्कूलबाट नम्बर १५, बाहिनी अड्डामा…

Read More

काठमाडौं : गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका बताए । यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Read More

कैलाली : कैलालीको टीकापुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित टीकापुर–२ का १७ वर्षीय किशोर सोमबार साँझ पक्राउ परेका हुन् । किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेटभित्र लुकाई राखेको लागुऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More