Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। 

Read More

काठमाडौं: विगतमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यो वर्ष त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट देखिएको छ।  आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा ५ प्रतिशतले खपत घटेको छ।  पछिल्लो समय विद्युतीय चुलो (इण्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग्यासको खपतमा कमी आएको जानकारी दिए। ‘विगतका वर्षमा चिसोको समयमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको थियो’, अध्यक्ष घिमिरेले भने, ‘बिजुलीको नियमित आपूर्ति नहुँदा उपभोक्ता…

Read More

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ। रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ।  आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो। तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।  

Read More

काठमाडौं: कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो। यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो। यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए। रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो। उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन…

Read More

काठमाडौं : नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । प्रहरीका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका ६६२ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो। सूची: cn_3176_shc_to_asi__civil_20800905Download

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।    आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

Read More

धनगढी: नेपाल प्रहरीका पूर्व सईसमेत रहेका मदनसिंह धामी हिजो (बिहीबार) घर नजिकैबाट समातिए। धामीलाई त्रिनगरस्थित प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि वडा प्रहरी कार्यालयको भ्यानले जिल्ला प्रहरी कार्यालय कैलालीसम्म पुगाएको थियो। उसो त धामीलाई बहालवाला प्रहरी कर्मचारी तथा अधिकृतविरुद्ध लागेको एवं जथाभावी गरेको भन्दै नियन्त्रणमा लिइएको जनाइएको छ। तर, स्वयं धामीले भने आफूलाई कुटपिटसमेत गरेको दाबी गर्दै आफ्नो मेडिकल चेकजाँच पनि गराइएको बताएका छन्। धामी उनै मान्छे हुन्, जसले लामोसमय प्रहरीको जागिर गरेर अहिले आम नागरिक सरह जीवनयापन गर्दै आइरहेका थिए। तर, त्यतिमात्र नभएर अहिले उनी पूर्व प्रहरीबाट तस्कर बनेको प्रहरीकै अनुसन्धानले देखाएको स्रोतको दाबी छ। स्रोतका अनुसार उनले…

Read More

काठमाडाैँ : नेपाली सेनाको भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत एक जना प्युठको शंकास्पद मृत्यु भएको छ । ईन्द्रबक्स गणमा कार्यरत स्याङ्जाको पुतली बजार ११ घर भएका ३३ वर्षे अर्जुन पराजुलीको आफू सुत्ने लाइनको पछाडि बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए । यस प्रकरणमा सैनिक प्रहरीले उक्त महाविद्यालयमा बस्दै आएका महिलाहरुमाथि अनुसन्धान थालेको बताइन्छ । आफ्नो अनुसन्धानमा बाधा पुग्नेगरी केही महिलालाई सेना स्वयंले पिटेर घटनाबारे सोधनी गर्न थालिएको जिल्ला प्रहरीको गुनासो छ । पराजुलीको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ । घटनाको कारण भने खुल्न बाँकी छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीले एकै पटक ५१३ जना सहायक निरीक्षक (असई) हरूलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ। बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयानुसार उनीहरूको बढुवा तथा पदस्थापन भएको हो। सुची: ch_3174Download

Read More

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।” कार्यक्रममा प्रसिद्ध उत्प्रेरक…

Read More