Author: महेन्द्रनगर पोष्ट

बैतड : बैतडीको टाेली लगातार तेस्रो जित निकाल्दै प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटकाे फाइनल नजिक पुगेकाे छ। शनिवार कञ्चनपुरमाथि २० रनकाे जित हात पार्दै बैतडीको टाेली फाइनल नजिक पुगेको हाे । जितका लागि १८६ रनकाे लक्ष्य पछ्याएकाे कञ्चनपुरकाे टाेलीले ३५ ओभरमा १६५ रन मात्रै बनाउन सक्याे। जसमा अभिषेक थापाले अर्धशतकीय पारी खेल्दै ६५ र प्रकाश पाण्डेले ४४ रनकाे याेगदान गरे। २६ रन जाेड्दा पहिलाे विकेट गुमाएको कञ्चनपुरका लागि अभिषेक र प्रकाशबीच दाेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी भयाे। २२.४ ओभरमा १२२ रन जाेड्दा दाेस्राे विकेट गुमेपछि त्यसपछिका अन्य ब्याटरबीच साझेदारी बन्न नसक्दा कञ्चनपुरकाे पारी संकटमा…

Read More

डोटीः डोटीमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

Read More

डडेल्धुरा : डडेल्धुराकी क्यान्सर पीडित महिलालाई नगद सहयोग गरिएको छ। जिल्लाको अमरगढी नगरपालिका- ७ कि क्यान्सर पीडित जानकी कैनीलाई समाजसेवी युवा विनय प्रकाश मल्लबाट ६० हजार र खलंगा समाज तथा अन्य व्यक्तिहरुबाट प्राप्त २१ हजार ४१० गरि ८१ हजार ४१० प्रदान गरिएको हो। शनिबार वडा सचीव शारदा ओझाको रहोबरमा उक्ति रकम हस्तान्तरण गरिएको मल्लले जानकारी दिए। डडेल्धुरा घर भई जापानमा रहेका समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिव, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढिको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना समेत गरेका छन्। युवालाई सीप सिकाएर जापानमा रोजगारीको…

Read More

धनगढी : गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाह सम्मानित भएका छन् । धनगढीको हिमशिखर सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभामा उनलाई सम्मान गरेको हो।  शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरेको सो संस्थाका सचिव विमलकुमार जोशीले बताए ।

Read More

काठमाडौं : सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले यस्तो निर्णय गरेको हो । माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको कांग्रेस नेता रमेश लेखकले बताए । अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएकाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्ने समझदारी भएको उनले बताए ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् । जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले  बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ । निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डगौराले बताए। जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने छ ।…

Read More

काठमाडौं : डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् । विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । माइतीघरमा प्रदर्शन गर्ने क्रममा केसी सहित ९ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर मण्डल हाल निधेषित क्षेत्र हो । तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै…

Read More

सर्लाही : प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको सर्लाहीको बरहथवामा कर्फ्यू हटाए पनि निषेधाज्ञा लागू गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शनिबार आदेश जारी गर्दै आइतबार बिहानसम्म निषेधाज्ञा लागू गरिएको जनाएका छन्। शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म बरहथवामा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। स्तरोन्नति गरिएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि स्थानीय सरकारले नै सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएको थियो। शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले गोली चलाएपछि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो।

Read More

धनगढीः कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकमा साइकल सेन निर्माण गरिएको छ। कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। आज(शनिबार) उक्ति लेनको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सभाकाको माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिम  सरकार हेरफेर गर्न आग्रह गरेका हुन्। टोलीमा सहभागी अन्य माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विक सहितले सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने माग गरेका छन्। राम्रो काम गर्न नसकेको भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउदलाई फिर्ता बोलाउन…

Read More