काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो आरामपछि चितवन जाने कार्यक्रम बनाइएको छ।
तराईका विभिन्न जिल्लाको भ्रमणपछि उहाँ गत साता पूर्वरानी कोमलसहित परिवारका अन्य सदस्यसहित राजधानी फर्किएका छन्। शाह आगामी साता चितवन जाने बताइएको छ।
शाहको सचिवालयले आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण गर्ने जानकारी दिएको छ। सम्वाद सचिव फणिन्द्र पाठकले आज एक सूचनामा उक्त भ्रमणबारे उल्लेख गरेका छन्।
Facebook Comments Box