काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि आन्तरिक तथा बाह्य हवाई भाडादर अचाक्ली बढेको छ। विमानस्थल लामो समय बन्द हुने भएपछि उडान संख्या कटौती हुँदा भाडादर बृद्धि भएको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवे विस्तारसहित विमानस्थलको स्तरोन्नतिका लागि उडान अवधि कटौती गरेको जनाएको छ। प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ करिब २९ र आन्तरिक उडान ३५ प्रतिशतले कटौती भएको छ। आजदेखि दैनिक १० घण्टा उडान ठप्पको नाममा भाडादर ह्वात्तै बढाइएपछि यात्रु मर्कामा परेका हुन्। यसअघि काठमाडौं–दिल्लीको भाडादर औसत १२ हजार रुपैयाँ रहेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ बागमतीका अध्यक्ष विष्णु कार्कीले बताए। भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाईसमेत मर्का…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको नहरमा बेपत्ता धनगढी घर भएका एक युवक भारतमा मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–६ मट्यारी घर भएका २१ वर्षीय प्रदिप चन्द शनिवार बेपत्ता भएका थिए। बेपत्ता चन्द शुक्रबार भारतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शवलाई भारतबाट नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: धनगढीमा बम फेला परेको छ। आज (शुक्रवार) धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको हो। अहिले सो क्षेत्रमा जान निषेध गरिएको छ भने सो बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको छ। उक्त क्षेत्र धनगढी चौराहबाट ५० मिटर भित्र पर्दछ।
धनगढी : धनगढीसँग नाका जोडिएको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अटो चालक धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षका मानबहादुर बयाडी र धनगढी-२ चौराह बस्ने ३१ वर्षका करन बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुले शुक्रबार गौरीफन्टा नाकाबाट नेपाल आइरहेका गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने २७ वर्षका लोकेन्द्र ओझाबाट दुई हजार भारतीय रुपैयाँ मागेका थिए। नेपालका सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै पैसा मागेको पाइएपछि दुबै जनालाई सशस्त्र प्रहरी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएर कैलाली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ। सुरक्षा संगठनलाई नै बदनाम…
धनगढी: धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्। डिपोका कारण सधैं त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ। स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गर्छन्। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ। ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ,’ माधवीले भनिन्, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ।’ केही वर्ष पहिले जङ्गल…
काठमाडौँ: सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालद्वारा रचित नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ। गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ। गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। त्यस्तै गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियङ्का कार्की, जीवन कुमार ज्ञवाली, शिव शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ। गीतलाई ओएस आर डिजिटल युट्युब च्यानलले सार्वजनिक गरेको हो। https://youtu.be/AP-sD_x1Rtc?si=CdmFyHYDvnJ7D-do
काठमाडौं: डोटीको एक अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको छ। बुधबार राति राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो। शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्ने क्रममा उनको हात भाँचिएको थियो। १७ गते आमा ज्ञानु सार्कीसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाँचिएको हो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। स्रोतका अनुसार सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले रियाक्सन गरी मृत्यु भएको हो। त्यसपछि प्रहरीले सो घटनामा जिल्ला…
धनगढी: दार्चुलामा एक प्रहरी सहायक हवल्दारले आतंक मच्चाएको आरोप लागेको छ। जिल्लाको नौगाड गाउँपालिका ६ स्थित सुकेखोला अस्थायी प्रहरी पोष्टका इन्चार्ज समेत रहेका सहायक हवल्दार वीर बहादुर धामीले आतंक मच्चाएको आरोप लागेको हो। उनले स्थानीय क्षेत्रमा असुली गर्ने, मदिरा माग्ने लगायत व्यापारी तथा स्थानीयलाई त्रसाउने गरेको आरोप छ। यस्तै उनले सोही क्षेत्रको खोलामा अवैध तरिकाले करेन्ट प्रयोग गरेर माछा पनि मार्ने गरेका छन्। सो विषयमा तालुक कार्यालयले भने छानबिन गर्ने जनाएको छ।
बुटवल: रुपन्देहीमा सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ। सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको बेलामा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण भएको हो। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्वको टोलीले ११२ बोरा चिनी बरामद गरेको थियो। उक्त चिनी लिएर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको हो। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। सो टोलीले मुजहनाका…
धनगढी: पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति यहीँ महिनाको २५ गते गृहजिल्ला डडेल्धुरा आउने भएका छन्। सुरक्षा स्रोतका अनुसार उनी जिल्लास्थित विभिन्न मेला तथा पर्वमा सहभागी हुनका साथै पार्टी एवं राजनीतिक कार्यक्रमका लागि गृहजिल्ला आउन लागेका हुन्। उनी अर्को महिनाको १ गतेसम्म जिल्लामै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यसक्रममा काँग्रेस कैलालीले भने नेता कार्यकर्तालाई २५ गते स्वागतको तयारी गर्न उर्दी नै जारी गरेको बताइएको छ। त्यसपछि डडेल्धुरा गएर चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेलालगायतमा देउवा सहभागी हुनेछन्। यस्तै जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। देउवा मंसिर १ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको जनाइएको छ।