Author: महेन्द्रनगर पोष्ट

काभ्रे : नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा काभ्रेको पाँचखालबाट प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन्। आइतबार पीडित बालिकाको सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि जनप्रतिनिधिहरु विद्यालयमा पुगेर दुवै शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । शिक्षक श्रेष्ठले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ। त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय…

Read More

बाजुरा : बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो। सोही ठाँउस्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Read More

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा सुदूरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

बझाङ : बझाङमा एक युवक मृत फेला परेका छन् जिल्लाको मष्टा गाउँपालिका- ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ वर्षीय कलक कठायत मृत फेला परेका हुन् । आइतबार साँझ साढे आठ बजे तिर उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

Read More

पोखरा : नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनीहरू अवेरसम्म पनि घर नफर्केपछि  खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।  मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुराः डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएकको छ। हिजो(आइतबार) जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर अन्दाजी ५० वर्षीय मकरबहादुर शाहीको मृत्यु भएको हो। साँझ रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

धनगढी : धनगढीमा जारी फारवेष्ट पशुपति कप, २०८० फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशले ब्वाइज युनियन लम्कीलाई १–० गोलले पराजित गरेको छ।  जितसँगै नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, प्रतियोगिताको अन्तिम आठमा पुगेको छ। प्रहरीको जितमा एक मात्र गोल प्रदीप बोगटीले गरे। उनले खेल सुरु भएको आठौँ मिनेटमा गोल गरेका हुन् । खेलमा म्यान अफ द म्याच घोषित प्रदीपले रु पाँच हजारको पुरस्कार पाए। प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा पुनर्वास युनाइटेडले ग्रीन युथ क्लबलाई १–० गोलले पराजित गरेको छ। पुनर्वास पनि अन्तिम आठमा पुगेको छ। पुनर्वासको जितमा विदेशी खेलाडी काइटेमोन गाइडेनले पहिलो हाफको २६औँ मिनेटमा गोल गरे।  उत्कृष्ट प्रदर्शन गरेका…

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

Read More

बेदकोट (कञ्चनपुर) : महाकाली करिडोरअन्तर्गत कञ्चनपुर-डडेल्धुरा खण्डमा सडकको ‘ट्र्याक’ खोलिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्र्याक खोलिएको हो । ट्र्याक खुलेसँगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए । ‘जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँछौँ ।’ उनका अनुसार हाल पाँच मिटर चौडाइ रहेको सडक १० मिटर चौडाइसम्म पुर्याइनेछ । ट्र्याक खोल्ने क्रममा कटान गरिएका रुख सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए । विसं २०७८ मा दिवा सनिदेव जेभीले…

Read More

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी २ ठूला उद्योगको लाइन काटेको छ । प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको विद्युत लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी छ । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगले बक्यौता तिरेका थिएनन् । जसमध्ये जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन गत शुक्रबार काटिएको थियो । बाँकी ५२ वटा उद्योगको पनि बक्यौता नतिरे लाइन काट्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।

Read More