काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ। देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी,…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो। उनलाई घुस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
कैलाली : कैलालीको गोदावरी नगरपालिकाको कार्यालय फेरि उद्घाटन गर्ने तयारी गरिएको भन्दै नेकपा एमालेले गोदावरी कमिटीले विरोध जनाएको छ । बुधबार नगर पार्टी कार्यालय अत्तरिया पत्रकार सम्मेलन गर्दै पुनः उद्घाटन गर्ने कार्य तत्काल माग गरेको छ । एमाले नेताहरूले गोदावरीका मेयर जन जीविकाका विषयमा गम्भीर हुनुपर्नेमा उद्घाटन भइसकेको कार्यालय फेरि उद्घाटन गरेर गैर राजनैतिक चरित्र देखाउन थालेको बताए । पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका उप नेता सन्तोष शर्माले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । यसको नजिर पनि गलत बस्ने र दूरगामी प्रभाव पार्नेमा उनले जोड दिइन् । ‘एउटा…
काठमाडौं : नेपालकै सबैभन्दा बढी धनी, कर छल्ने र राजनीतिक आडमा बचिरहने नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य समेत रहेका व्यापारी विनोद चौधरी सहितले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा गिद्धे नजर लगाएको पाइएको छ। निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहितको लगानी गर्ने भन्दै चौधरीले चलखेल गरिरहेको पाइएको हो । चौधरीसहित विमानस्थलबाट सुन तस्करी तथा अन्य अपराधमा समेत नाम जोडिएर विवादित बनेका व्यापारी दिपक मलहोत्राले पनि सो चलखेलमा साथ दिएको बुझिएको छ । स्रोतका अनुसार सोही क्रममा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खासमान्छे एसियाकै धनाढ्य गौतम अदानीको ‘अदानी ग्रुप’का प्रतिनिधिसँग डील गरेका छन्। सोही डीलकै लागि नेपाल बोलाएर भारतमा ठूला पूर्वाधारमा लगानी…
धनगढी : नेपालगन्ज उपमहानगरपालिका–१८ की रिता लक्ष्मी आचार्यले सामाजिक अभियान सुरु गरेकी छिन । “स्वच्छ सफा समृद्ध समाज निर्माण” अभियान अन्तर्गत आचार्यले फोहोरमैला व्यवस्थापन गर्दै अभियानको सुरुवात गरेकी हुन् । उनले कञ्चन नेपाल नामक संस्था मार्फत महान अभियानको सुरु गरेकी छिन् । संस्थाकी अध्यक्ष रहेकी आचार्य समाज सेवामा सदैव सक्रिय देखिन्छन् । समाजमा पर्ने हरेक समस्यामा अग्र पंक्तिमा देखीने आचार्यले फोहोर ब्यबस्थापन अभियान सुरु गरेको बताइन् । उपमहानगरपालिका–१८ को वडा कार्यालयको सहकार्यमा कञ्चन नेपालद्वारा फोहोर ब्यबस्थापन कार्य प्रारम्भ गरिएको हो । कञ्चन नेपालका पदाधिकारी सहित अभियानमा सहभागि रहेका थिए । पहिलो र दोस्रो दिन वडा विभिन्न टोलमा फोहोर ब्यबस्थापन ड्राम…
काठमाडौं : सरकारले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने र समायोजनमा गएकाहरुलाई पनि डीआईजी बन्ने बाटो खोल्ने तयारी गरेको छ । यसले प्रहरी समायोजनलाई सहज बनाउने गृह मन्त्रालयको दाबी छ । संविधानमा शान्ति सुरक्षालाई प्रदेशको एकल अधिकार सूचीमा राखिएको छ । तर प्रदेश सरकार बनेको ६ वर्षसम्म प्रहरी समायोजन हुन सकेको छैन । प्रदेश सरकारहरुले प्रहरी ऐन ल्याएपनि केन्द्र सरकारले समायोजन नगरेका कारण प्रदेशसँग प्रहरी छैन । प्रदेश सरकारहरुले प्रहरी समायोजन गर्न ताकेता गर्दै आएका छन् । १३ पुसमा हेटौंडामा भेला गरेका मुख्यमन्त्रीहरुले भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेका थिए । नभए आन्दोलन…
धनगढी : धनगढीमा मंगलबार यस हिउदकै सबैभन्दा बढी जाडो मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अत्तरियाले मंगलबार धनगढीको न्युनतम तापक्रम ५ दसमलव ६ डिग्री मापन भएको जनाएको छ । ५ दसमलव ६ डिग्री तापक्रम यस हिउदै सबैभन्दा कम मापन हो । मंगलबारको अधिकतम तापक्रम पनि अहिलेसम्मकै सबैभन्दा कम ११ दसमलव ७ डिग्री मापन भएको छ । ‘आजको दिन यस हिउदको सबैभन्दा बढी चिसो मापन भएको दिन हो’ जल तथा मौसम विज्ञान विभाग अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले भने । ‘जाडोको सिजन अझै बाँकी छ । यसभन्दा पनि कम मापन हुनसक्छ ।’ उनले यसअघि ११ जनवरी अथवा…
काठमाडौं : संविधान दिवसको दिन कैद सजाय मिनाहा पाएर छुटेका व्यक्ति चोरी आरोपमा फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोलखा घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेतलाई पक्राउ गरेको हो। उनलाई भक्तपुरबाट पक्राउ गरेको एसएसपी शेखर खनालले जानकारी दिए। उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोप छ। उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ। भनिमण्डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो। यसैगरी, मंसिर १७ गते ललितपुर…
काठमाडौं : इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । चरमपन्थी संगठन जैश अल अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले गरेको आक्रमण परेर २ बालकको मृत्यु भएको पाकिस्तान सरकारले बताएको छ । इरानले आक्रमणलाई पाकिस्तानले आफ्नो संप्रभुताको उल्लंघन भन्दै यो आक्रमण अस्वीकार्य रहेको बताएको छ । ‘बिना कारण हाम्रो हवाइ क्षेत्रको उल्लंघन गर्ने र हाम्रो देशमा हमला गर्ने कामको हामी निन्दा गर्छौं,’ पाकिस्तानले चेतावनी दिँदै इरानलाई भनेको छ,’यो पाकिस्तानी संप्रभुताको उल्लंघन हो र यसको परिणाम गम्भीर हुन सक्छ ।’ पाकिस्तानले हमलाको विरोधमा तेहरानमा…
धनगढीः काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ। धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किको हो।धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको यात्रुहरुको गुनासो छ। धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो। धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ। धनगढी विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एक/एक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन्।