Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आज बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगले जनाएको छ। चुनाव चिन्ह प्राप्त गर्ने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय…

Read More

काठमाडौंः चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनमा अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च…

Read More

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा रूस र युक्रेन बिच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानूनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रूस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी प्राप्त जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न,…

Read More

काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरेका छन्। पछिल्लो समय सुदूरपश्चिममा गेट मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुगेका अनसनविद् डा. केसीको विरोधमा रावलले मुख खोलेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा डा. रावलले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपछ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ।’ गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले लखेटेपछि…

Read More

काठमाडौं : १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोरखाका भूमिनन्द देवकोटा रहेका छन्। प्रहरी वृत्त बानेश्वरले नाबालिका बलात्कार अभियोगमा देवकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई गत साता पक्राउ गरेको थियो। गोरखा मुच्चोकका देवकोटा माओवादी केन्द्रनिकट छन्। उनी हिसिला यमी मन्त्री हुँदा स्वकीय सचिव थिए। तर, यमीले माओवादी छाडेपछि देवकोटा भने माओवादीमै सक्रिय रहेका थिए। नाबालिका काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित देवकोटाको घरमा बस्दै आएकी थिइन्। विगत एक वर्षदेखि नाबालिकामाथि देवकोटाले जबरजस्ती करणी गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

Read More

काठमाडौं: मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरण तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन्। धादिङ गजुरी गाउँपालिका-८ किरनचौर स्थायी घर भएका दुवै जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट शनिबार दिउँसो पक्राउ गरेको हो। कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा.प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक…

Read More

डडेल्धुरा : डडेल्धुरामा शनिबार राति भएको आगलागीबाट झण्डै दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको हो। बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीका ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। उनका अनुसार घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियोे। अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली…

Read More

काठमाडौं : निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई चुनाव चिह्न दिन लागेको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा १२ वटा दल दर्ता भएको छ। उनीहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो। आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ।

Read More

धनगढीः युक्रेन र रुसबिचको लडाइमा रुसका तर्फबाट लडिरहेका कैलालीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाह रहेका छन्। उनको लडाइँको क्रममा युक्रेन र रुसको सीमामा मृत्यु भएको हो। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र खवर भएका थिए। लडाइँमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएको परिवारका सदस्य मंगल शाहले बताए। मंगलका अनुसार दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको थिए।रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा…

Read More

दाङ : दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन्। शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो। सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ। मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्। सोही क्रममा आइतबार बिहानदेखि सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका-६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो। टिपर व्यवसायी र पीडित…

Read More