Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको खुटिया खोलामा अवैध तथा मापदण्ड मिचेर उत्खनन गरिरहेको भन्दै चलाइएको हल्ला झुठो भएको छ। गोदावरी नगरपालिकाको टोलीले अनुगमन गर्दा सो कुरा झुठो प्रमाणीत भएको हो। नेकपा एमाले गोदावरी नगर कमिटीले पूर्वाग्रह राखेर खोलामा आन्दोलन गरेपछि बिहीबार एमालेकै तर्फबाट निर्वाचित गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकाया नेतृत्वको टोलीले खोलामा अनुगमन गरेको थियो। सो टोलीले खुटिया खोला र खैराना खोलामा अनुगमन गरेको हो। तर, अनुगमनका क्रममा मापदण्ड मिचेको नपाइएको अनुगमन टोलीकी संयोजक एवम् नगर उपप्रमुख शारदा रोकायाले बताइन्। उनले खोलामा प्राविधिक सहितको टोलीले नाप जाँच गर्दा मापदण्ड भित्रै रहेर नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको बताइन्। अनुगमन…

Read More

धनगढी: विशेष अदालतले टीकापुरको जग्गा अनियमितता मुद्दामा ८७ जनालाई दोषी ठहर गरेको छ। कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बिहीबार फैसला गर्दै ८७ जनालाई दोषी ठहर गरेको हो। जसमा एक सय ६२ जनाले भने सफाइ पाएका छन्।  दोषी ठहर हुनेमा टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह पनि छन्। शाहलाई तीन महिना कैद र १३ लाख सात हजार जरिवाना तोकिएको छ। उनलाई यसअघि नै अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि टीकापुर नगरपालिकाको कार्यपालिकाले…

Read More

धनगढी: कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा घुस रकमसहित पुगेका एकजना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ। गत मंसिर २८ गते कञ्चनपुरस्थित आयोगको कार्यालयमा पुगेका उनले अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगेर कागजातसहितको खाम दिए। अनुसन्धान अधिकृतले उक्त खाम खोल्न अह्राएपछि सापकोटले बोकेको हरियो रंगको झोलाभित्रको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको हो।  त्यसपछि यो के को पैसा हो ? भनी सोधपुछ गर्दा ‘मुद्दा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको’ भन्ने जवाफ दिएका उनलाई लगत्तै नियन्त्रणमा लिइएको थियो। अख्तियारका अनुसार सापकोटाले अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छँदा खरिदमा…

Read More

धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा रेबिज लागेका एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवाको रेबिजका कारण पुस २२ गते मृत्यु भएको प्रादेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिना अगाडि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।

Read More

धनगढी: उर्मिला काफ्ले। जो हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छिन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १६ मंसिरमै अछामको पञ्चदेवल विनायक नगरपालिकामा सरुवा गरेको थियो । तर, सरुवा भएको एक महिना बितिसक्दा पनि उनी अछाममा हाजिर भएकी छैनिन्।  काफ्ले आजका दिनसम्म पनि जीतपुरसिरमरा उपमहानगरपालिकाकै कार्यालयमा कार्यरत छिन्। अछाम आउन नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको स्थानमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ।  पहिलोपटक पुस १२ मा अछामको बिनायक पञ्चदेवल नगरपालिकामा पुगेर कामकाज सम्हाल्न मन्त्रालयले पत्र पठाको थियो। तर काफ्लेले टेरिनन्। मन्त्रालयले त्यसपछि पुनः २२ पुसमा उनलाई सरुवा भएको स्थानमा रमाना हुन पत्र पठायो।पछिल्लो पटक पठाएको…

Read More

धनगढी: डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो।  यसअघि अध्यक्षमा नियुक्त भएपछि…

Read More

धनगढी: धनगढीमा अटाे रिक्सामा बेहोस भएका एक जनाको ज्यान गरेको छ। अटोमा सवार भएका बेला बेहाेस् भएपछि उनकाे मृत्युु भएकाे हो। बिहीबार शहीदगेटदेखि चाैराहतर्फ जाँदै गरेकाे सुपप्र ०१००१ ह ४८८७ नम्बरकाे अटाेमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री अचानक बेहाेस भएका थिए। उनलाई तत्काल उपचारका लागि मायामेट्राे अस्पताल लगिएको थियाे तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए। उनकाअनुसार अटाे चालक धनगढी उपमहानगरपालिका- ४ बस्ने ४० वर्षीय नारायण थापा र अटाेमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव…

Read More

काठमाडौँ: कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।  न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।  सहकारीको बचत रकम अपचलन मुद्दामा  बहस आजै सकिएको थियो। न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो।  लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित…

Read More

धनगढी: गृहमन्त्री रमेश लेखक गृहप्रदेश सुदूरपश्चिम आएका छन्। बिहीबार उनलाई धनगढी विमानस्थलमा सुरक्षा निकायका प्रमुखसहित नेपाली काँग्रेसका नेता–कार्यकर्ताले स्वागत गरे।  धनगढी विमानस्थलबाट गृहजिल्ला कञ्चनपुर गएका गृहमन्त्री लेखकले भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाम दर्शन गरेका छन्। धाम दर्शनपछि धनगढी फर्केर बिहीबार धनगढीमै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।  गृहमन्त्री लेखक शुक्रबार फेरि कञ्चनपुर जाने छन्। त्यहाँ मन्त्री लेखक एनप्याब्सनकाे कार्यक्रममा सहभागी हुने छन्। शुक्रबार नै नेपाली काँग्रेस कञ्चनपुरले पार्टी कार्यालयमा आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा पनि मन्त्री लेखक सहभागी हुने उनको सचिवालयले जनाएको छ। उनी शनिबार काठमाडौं फर्किने छन्। 

Read More

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकामा २२ सटर प्रकरण अझै सेलाएको छैन। युवा तथा विद्यार्थी नेताहरुले उठाएको सो २२ सटर प्रकरणले भीमदत्त नगरपालिकामा विवाद थप बल्झिएको छ। उसो त पटकपटक सो प्रकरणबारे छलफल, सर्वदलीय बैठक भएर निर्णयहरु पनि भए। तर सटरवाला व्यवसायीको प्रभावमा परेर निर्णय कार्यान्वयनमा नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम लेखक जोशीले उदासीनता देखाएपछि झन विवाद विकराल बनेको हो। सटर निर्माण रोकेर फुटपाथ लगायतको निर्माण बनाउने सर्वदलीय निर्णय गरिएकोमा कार्यान्वयनमा ढिलाई भैरहेको आन्दोलनहरुले जनाएका छन्। भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार मदनचोकको २२ सटर प्रकरणले विवाद चुलिँदै गएको हो। त्यहाँ सडक चौडा गर्ने उद्देश्यले पहिले भत्काइएका सटर पुनः मापदण्डविपरीत निर्माण गर्न…

Read More