Author: महेन्द्रनगर पोष्ट

काठमाडौं। आज बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका एआइजीहरूको बढुवा, पदस्थापन र सरुवा गर्ने भएको छ। दुई साता अघि नै डीआइजीको एआइजीमा बढुवाको सिफारिस भएपनि हालसम्म निर्णय भइसकेको छैन। बढुवासँगै पदस्थापन र सरुवाको गृहकार्यमा पुगेकाले निर्णय हुन नसकेको हो ।डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकालको बढुवा सिफारिस भएको थियो। उनीहरूको पदस्थापनसँगै केही एआईजीको सरुवा पनि हुन लागेको छ। हाल प्रहरी एकेडेमी र प्रशासन विभाग रिक्त छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व पनि फेरिने सम्भावना रहेको स्रोत बताउँछ। प्रदेश समन्वय विभागका एआइजी सुदिप गिरी को अन्य विभागमा सरुवा हुने सम्भावना छ। मानव स्रोत विकास विभाग र सिआइबीमा भने हेरफेर नहुने बताइएको छ।…

Read More

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्तिबीच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उनीहरूबीच आपसी सहयोग, सूचनाको आदानप्रदान तथा समन्वयलगायत विषयमा छलफल समेत भएको थियो । यसअघि आइजीपी कृष्ण मूर्ति समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा आईजीपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत…

Read More

धनगढी: सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको उपकुलपतिमा प्रा.डा हेमराज पन्तलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि पन्तसहित ३ जनाको नाम सिफारिस भएको थियो। (मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको थियो। सोही सिफारिसमध्येका पन्तलाई प्रचण्डले आज (बिहीबार) उपकुलपति नियुक्त गरेका हुन्। पन्त नेपाली काँग्रेस निकट प्राध्यापक हुन्। डोटी घर भएका उनी पुलचोक इन्जिनियरिङ कलेजका प्राध्यापक थिए।

Read More

काठमाडौं : धुवाँ र तुवालोका कारण ४ दिनदेखि उडान बन्द रहेको पोखरा विमानस्थल सञ्चालनमा आएको छ। धुवाँ र तुवालो कम भएसँगै बिहिबार बिहानदेखि जहाजले उडान थालेको बुद्व एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। यसअघि धुवाँ र तुवालोका कारण २ दिन आंशिक र २ दिन पुर्णरुपमा उडान बन्द भएका थिए। मौसममा सुधार आएसँगै बिहानैदेखि उडान सुरु गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

Read More

धादिङ: धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनीकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।

Read More

धनगढी: नेपाल प्रहरीका काविल अफिसर मानिने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत विष्ट उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका हुन्। उनी यस अगाडि पनि सम्मानित भएका थिए। यस अगाडि नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जमा कार्यरत रहँदा पनि उनी सम्मानित भएका थिए। तत्कालीन आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनी नगद पुरस्कारसहित सम्मानित भएका थिए भने अहिले पनि उनी सम्मानित भएका हुन्। उनी प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै सम्मानित…

Read More

चितवन : चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। गएराति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो।मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। घरको भित्तामा ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भण्डारीको भनाइ छ। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको…

Read More

धनगढी : भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-२ का ५२ वर्षीय गुणानन्द जोशी रहेका छन । रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो । उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ। गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो। हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए। सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ। हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन समिति बनाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेको…

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्थानमा रहेको छ । त्यसैगरी राजस्थान रोयल्स भने ९ खेलमा ८ खेल जितेर अंक तालिकामा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Read More