Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढीमा जुनिअरकप क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्टेपिङ स्टोन जुनिअर कपको तयारी भइरहेको जानकारी गराइएको हो । आगामी पुस १४ गते देखी २१ गते सम्म आयोजना हुन लागेको प्रतियोगिताका कैलाली कञ्चनपुरका १५ विद्यालय सहभागी हुने जनाइएको छ । प्रतियोगिताको विजेताले नगद तीस हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित धनगढी क्रिकेट एकेडेमीमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति उत्कृष्ट बलर ब्याटरले एक हजार सहित धनगढी क्रिकेट एकेडेमीमा निःशुल्क…

Read More

धनगढी : हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहाँहीक जीत हात पारेको छ । मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको छ । प्रतियोगितामा दुई रजत र चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको छ । पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिता अन्तरगत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समुह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समुह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक…

Read More

काठमाडौँ : रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । ३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अवतरण गरिएको थियो । अवतरणमा कुनै यात्रुहरू घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ । रुसको सुदूरपूर्वको प्रान्त शाखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणलाई लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।

Read More

काठमाडौं : विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले उद्योगीलाई किस्तामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता तिर्न सक्ने गरी एक ‘अफर’ दिएका छन् । विहीबार प्राधिकरणमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘बक्यौता किस्ता (किस्तामा तिर्न सक्नुहुन्छ । तर, तिर्दिन भन्न पाउनु हुन्न । प्राधिकरणको सञ्चालक समितिअन्तर्गत रहेको पुनारवालोकन समितिमा आएर छलफल पनि गर्न सक्नुहुन्छ । समितिमा छलफल गर्न आउँदा २५ प्रतिशत बक्यौता तिर्नुपर्छ ।’

Read More

कंचनपुर : तीव्र गतिको इन्टरनेट प्रदायक संस्था भायानेटले विशेष छुटसहित १० दिने अफर ल्याएको छ ।  कञ्चनपुरको महेन्द्रनगरस्थित शाखाले पुस १२ देखि २२ गतेसम्मका लागि छुटसहितको १० दिने अफर ल्याएको भायनेट महेन्द्रनगरका शाखा प्रबन्धक शुभम गौतमले बताए । इन्टरनेट र टिभीसहित इन्टरनेटमा विशेष छुटसहित अफर ल्याएको उनले बताए । अफर अन्तर्गत इन्टरनेटतर्फ १० हजारमै २ वर्षका लागि ५० एमबिपिएसको इटरनेट प्रदान गरिने उनले बताए । टिभीसहितको इन्टरनेटमा पनि आकर्षक छुटसहतको अफर भायानेटले जनाएको छ । यस्ता छन् अफर: नेपालको अग्रणी इन्टरनेट र आईपीटिभी सेवा प्रदायक मध्ये एक भायानेट सन् १९९९ मा स्थापना भएको थियो । आफ्नो स्थापना देखि नै भरपर्दो…

Read More

काठमाडौं : आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

Read More

काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,’ उनले भनिन् । शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन् । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले बताइन । त्यस्तै आजको बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३…

Read More

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् । बिहीबारबाट काठमाडौँमा शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन गर्दै उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रूपमा कानूनी सुधारका कार्यहरू गर्दै आएको बताइन् । रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरिएको छ ।…

Read More

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ आधारभूत विद्यालय स्तरीय दोस्रो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। बिहीबार चन्बेताल खेल मैदानमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरे। गाउँपालिकाभित्रका १७ वटा आधारभूत विद्यालयहरूले प्रतियोगीतामा सहभागिता जनाएका छन्। प्रतियोगिता १३ गते समापन हुने गरी खेलहरूसञ्चालन भइरहेको अजयमेरु गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए। गत वर्षबाट गाउँपालिकाले आधारभूत तहका विद्यालयका विद्यार्थीहरूको खेलप्रति रुचि बढाउन उक्त प्रतियोगिता आयोजना गर्न थालेको उनले बताए। प्रतियोगितामा दौड, कराते, हाइजम्प, लम्जम्पलगायतका खेलहरू खेलाइँदैछ। जिल्लाका ७ वडा…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि नटुङ्गिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए।

Read More