Author: महेन्द्रनगर पोष्ट

बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरू भएको छ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सम्पन्न उद्घाटन खेलमा डडेल्धुरा विजयी भएको छ। डडेल्धुराले सुखद शुरूवात गर्ने क्रममा दार्चुलामाथि २ विकेटको संघर्षपूर्ण जित निकाल्यो। जितका लागि पाएको ७९ रनको सामान्य लक्ष्य डडेलधुराले १८।२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। जसमा विशाल ऐरले सर्वाधिक २३ रनको योगदान गरे। दार्चुलाका विरेन बम र दिनेश कार्कीले ३र३ विकेट हात पारे। यसअघि पहिला ब्याटिङ गरेको दार्चुला २१।५ ओभरमा ७८ रनमा समेटियो । उसका दिनेश कार्कीले २४ रनको योगदान गरे। डडेल्धुराका निरज ऐरले ४ विकेट हात पारे। निरज खेलका…

Read More

धनगढी : कैलालीको धनगढीमा धनगढी फुटबल लिग (डिएफएल) हुने भएको छ। लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले फागुन दोस्रो सातादेखि धनगढी फुटबल लिग (डिएफएल) २०८० को आयोजना गर्न भएको हो। प्रतियोगिता विद्यालय स्तरीय हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सुदूरपश्चिमका १६ वटा विद्यालय टिमहरूको सहभागिता रहने छ। प्रतियोगिता लिग कम नक–आउट फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ।

Read More

बझाङ : नेपाली कांग्रेस(विपी) डडेल्धुराले बझाङका भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । आइतबार स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०० औं जन्मदिनको उपलक्ष्यमा पार्टीले बझाङ पुगेर उक्त कपडा हस्तान्तरण गरेको हो । पार्टीले थलारा गाउँपालिकाका ६५ जना पीडितलाई न्यानो कपडा सहयोग गरेको जिल्ला सभापति भरत नेपालीले जानकारी दिए । उनका अनुसार ६५ मध्ये १५ थान पीडितलाई बाँडिएको र बाँकी ५० थान गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीलाई हस्तान्तरण गरिएको छ । गत असोजमा बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । भूकम्पबाट जिल्लाका धेरै ठाउँमा व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू भत्किएका थिए…

Read More

बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव नराख्न आग्रह गरेका हुन्। खेलाडीहरूले देशका लागि खेल्ने भएकाले उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि सबै तहमा क्यानले समिति बनाएको छ।’ खेलाडीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यानले काम गरिरहेको बताए। यसका साथै क्रिकेट पूर्वाधार निर्माणमा तीनै तहका सरकारले…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा नयाँ तथ्य फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले एउटै समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष निकालेको हो। समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेलाई आइतबार बुझाएको प्रतिवेदनमा १३८ किलोमध्ये चन्द्रबहादुर घलेले ल्याएको १४ किलो सुन मात्र बरामद भएको उल्लेख छ। ‘मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको’ समितिको प्रतिवेदनमा जनाइएको छ। दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गर्दै आएको र विमानस्थलमा सेटिङको जिम्मा डीबी…

Read More

डोटी : माल्कम एक्सको एउटा सुन्दर भनाइ रहेको छ, Education is the passport to the future,for tomorrow belongs to those who prepare for it today. शिक्षा भविष्यको एउटा अनुमती पत्र वा पार पत्र हो, जो आजका सचेत एवम् दूरदर्शी व्यक्तित्वहरुको यत्नप्रयत्नबाट भोलिका निमित्त आवश्यक ठानेर तयार पार्नेहरुमा निर्भर गर्दछ। संसार परिवर्तनको मूल संवाहक ठानिने शिक्षा क्षेत्रमा गर्ने लगानी भावि पुस्तामाथिको लगानी हो। दुनियाँमा परिवर्तनको सम्भावना देखिन्छ भने त्यो शिक्षाबाट मात्रै देखिन्छ त्यै भएर पनि अंग्रेजीमा एउटा भनाइ निकै चर्चित ठानिन्छ, Education is everything, Education is your power,Education is your way in life for whatever you want to do. शिक्षा सबैथोक…

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले ‘वानम्यान शो’ चलाएको भन्दै उनी प्रति उच्च तहका कर्मचारी रुष्ट भएका छन्।  थापाले विभागमा एकल निर्णय गरेको आरोप लगाउँदै उच्च तहका कर्मचारीहरु रुष्ट भएका हुन्। करिब १७ महिना म्याद बाँकी रहेका थापाले अतिरिक्त अनुसन्धान निर्देशक र डिआइजीलाई समेत विश्वासमा नलिएरै काम गरिरहेका छन्। विभागका दुई जना एआइजी टेकेन्द्र कार्की र ओम जोशी हुन्। तीमध्ये एउटालाई नाम मात्रैको प्रशासन र अर्कोलाई अपरेशन तथा सूचना संकलन विभाग प्रमुख बनाइएको छ। तर, महत्वपूर्ण सूचना विभागीय प्रमुखले नै थाहा नपाउने भएपछि विभागभित्र थापाले वानम्यान शो चलाएको आरोप लागेको हो। हालै असईहरुको बढुवा सूचीसमेत उनी आफैंले गरेका …

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। उपमहानगरपालिकाले ल्याएको कार्यविधीविरुद्ध कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उक्त कार्यविधी खारेज सम्बन्धी परमादेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार ११ पुसमा पेशी तोकेको छ। धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल समेतलाई विपक्षी बनाएर रिट दायर गरिएको अवस्थीले जानकारी दिए। धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधीमा जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तीमा १० मिटरको हुनुपर्ने उल्लेख गरिएको छ। उक्त कार्यविधिमा नगर प्रमुख हमालले एकलौटी गरेको भन्दै…

Read More

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका गुल्मीका इन्जिनियर सागर ढकाल अहिले युक्रेनमा छन्। सामाजिक सञ्जलामार्फत् उनले दिएको जानकारीअनुसार उनी हाल युक्रेनका गाउँमा पुगेका छन्। अमेजनको जंगलबाट पानीको काम गर्न आफू युक्रेन आइपुगेको उनले उल्लेख गरेका छन्। रुस-युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गरिएको उनले बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु। रुस-युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु। सकिन आँट्यो। युक्रेनी गाँउँमा खुसीको कुरा पम्प नै नजोडी पानी आफैँ पहिलोपल्ट माथि आयो। बाँकी अन्य सामान्य काम…

Read More

काठमाडौं  : सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बसेको बैठक भोलि पुन: बस्ने गरी सकिएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो। सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसमेत सहभागी थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ। उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने…

Read More