-मिना ठगुन्ना
डडेल्धुरा अस्पताल डडेल्धुरा
तपाईंले राखेका ती कार्यालय सहयोगी र स्विपरमा कुन-कुन दुःखी पीडित पिछडिएका र एकल महिला छन् ? खुलाइदिनुस् । आफ्ना राख्नु थियो भने म जस्ता धेरै गरिब (एकल महिला) को समय, कागजात र ४ सय किन नाश गरेको ?
त्यो ४ सय पनि ऋण खोजेर फारम भरेको थिए। हरेक ठाँउमा दबिनुपर्ने, हेपिनुपर्ने र हिंसा अत्याचार सहनुपर्ने हो र ? एकल महिला हो भन्ने थाहा पाएपछि गिद्धले सिनो लुछे ओझैँ लुछ्न खोज्ने तपाईं महान पुरुषहरुको नजर एकल महिलाको दुःख, पीडा र संघर्षमा किन पर्दैन ?
तपाईंको नौकरी पाउनलाई नेताको, पैसाको पावर लगाउनसक्ने हैसियतको मान्छे भए म मेरो बुढालाई मारेर खुलेआम घुमिरहेका ज्यानमारा अपराधीहरूलाई सजाय दिलाउथें । बुढाको मृत्युपछि मैले घरेलु हिंसाबाट पीडित भएर घर निकाला भई भाडामा बस्नु पर्दैनथ्यो।
धेरै भन्नु केही छैन। मेरा समस्या र दुःखका पोका छरपष्ट पार्नु छैन् अब। तपाईंको कामले मेरो छोराले पढ्न पायो। खान लाउन पाइहाल्यो। आनन्द भयो। न डडेल्धुरा अस्पतालका वरिष्ठ मान्छेहरूले दिएको न नेताले। त्यसैले मेरो ४ सय र कागजपत्र फिर्ता गर्दिनु। त्यो ४ सयले मेरो छोराले १० दिन खाना खान पाउँछ।
सम्बन्धित मान्छे