Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

पोखरा: पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ। आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका- १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो। मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ। रत्नहरि मेमोरियल अस्पताल तनहुँमा सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई,…

Read More

टीकापुर : स्थानीय र प्रदेश सरकारबिच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन् । प्रदेशसभाका पूर्व सदस्य उमादेवी बादी स्थानीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध राम्रो नभएको अनुभव आफूले पनि गरेको बताइन्। “ प्रदेश सरकारका कमजोरीसमेत सुधार हुन आवश्यक छ”, उनले भनिन् “थुप्रै कानुन बनेका छन्, राम्रा काम पनि भएका छन्, थोरै बजेट आए पनि हाम्रै पालिकामा आयो भनी स्थानीय सरकारले पनि प्रदेशलाई सघाउनुपर्छ ।” उनले दुई सरकारबीच समन्वय नहुँदाको असर विकासमा परेको बताइन् । “प्रदेश सरकारलाई बलियो बनाउनुपर्छ, प्रदेश सरकारले स्थानीय सरकारले गर्न नसकेका विकासका कार्य प्राथमिकता दिनुपर्छ”, उनले भनिन्, “स्थानीय सरकारभन्दा सानो–सानो बजेटका योजना प्रदेशमा…

Read More

धनगढी : कञ्चनपुरमा जङ्गली जनावरलाई विद्युतीय पासोमा पारेर मार्ने एक जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मणिकाधाम टोलका ४० वर्षीय सुवास धामी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धामीलाई विद्युतीय पासो थाप्न प्रयोग गरिएको तीन सय मिटर तारसहित प्रहरीले पक्राउ गरिएको हो । पक्राउ परेका धामीमाथि अनुसन्धानको कार्य भइरहेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट ५.५९ ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१ बस्ने ३४ वर्षीय जिवन डगौरासहित दुई जना पक्राउ परेका हुन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा डगौराले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेका अवस्थामा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुले प्रयोग गरेको मोटरसाईकल एकथान समेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

कैलालीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ बेलार बस्ने ५७ वर्षीय मानबहादुर कुँवर मृत फेला परेका हुन्। कुँवर घरदेखि अन्दाजी ५०० मिटर दक्षिण आफ्नै खेतमा शनिवार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

चितवन : यही पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको हो। पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ। करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्ने तयारी छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो। माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो। एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका आफ्न्तले खोजीकार्य गर्दा पनि फेला नपरेपछि प्रहरी र विभिन्न संघसंस्थामा निवेदन दिएका थिए। भारतीय प्रहरी र संघ–संस्थाले खोजतलासका लागि माइती नेपाल कञ्चनपुरलाई आग्रह गरेका थिए। माइती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सूचना संकलन र प्रमाणीकरण गरेपछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका–१० जिमुवाको एक जना टमाटा थरका व्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरिएको हो। ती बालिकालाई पिथौरागढको एक…

Read More

काठमाडौं : टीकापुर अस्पतालले विभिन्न पदमा ९ जना कर्मचारी मागेको छ । अस्पतालले आइतबार एक सूचना जारी गर्दै करार सेवामा ९ जना कर्मचारी मागेको हो । अस्पतालले कन्सल्टेन्ट पेडियाट्रिसियन नवौँ तह पेडियाट्रिक्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन नवौँ तह सर्जरी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट नवौँ तहमा एनेस्थेसियोलोजी र कन्सल्टेन्ट रेडियोलोजिस्ट नवौँ तह रेडियोलोजीमा एक एक जना मागेको छ । यस्तै मेडिकल अधिकृत आठौँ तहमा जनरल हेल्थ सर्भिसेज ५ जना माग गरिएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिबार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिईएको हो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

Read More