Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयर पदम बोगटीले मनलाग्दी गरेका छन्। मेयर बोगटीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बहुमत वडा सदस्यहरुको निर्णय समेत लत्याएका हुन्। भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बहुमत वडा सदस्यहरुको निर्णयले ज्येष्ठ सदस्य शारदा विकलाई कार्यवाहक वडाध्यक्ष बनाउने निर्णय गरेका थिए। तर, मेयर बोगटीले सो निर्णयको अवज्ञा गर्दै वडा नम्बर ६ मा कार्यवाहक वडाध्यक्ष तोकिदिएका छन्। उनले नगरप्रमुख स्तरीय बैठकबाट निर्णय गराउँदै तोकआदेशका भरमा वडा सदस्य देवकी जोशीलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका हुन्। मेयरको तोकआदेशको भरमा कार्यवाहकको जिम्मेवारी पाएकी जोशीले त्यसमा असहमती जनाएकी थिइन्। स्थानीय सरकार सञ्चालन ऐन…

Read More

धनगढी : अछाममा जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखाँद बस्ने टंकबहादुर शाही रहेका छन्। आज (बिहीबार) शाहीको घरमा जङ्गली जनवारको छाला, सिङ तथा अवैध भरूवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक फेला पारेको अछाम प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्थान भइरहेको छ।

Read More

काठमाडौंः माओवादी जनयुद्धका ब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ परेपछि डा. बाबुराम भट्टराईले आपत्ती जनाएका छन्। पुनलाई लागूऔषधसम्बन्धी मुद्दामा प्रहरीले काठमाडौँबाट नियन्त्रण लिएको हो। लागूऔषधसम्बन्धी मुद्दामा पुन समातिएको भनिए पनि पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष भट्टराईले जनयुद्धकालीन मुद्दामा फ़साइएको आरोप लगाएका हुन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस सम्बन्धमा तुरून्त आवश्यक कदम चाल्न मागसमेत गरेका छन्। ‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छु,’ भट्टराईले भनेका छन्, ‘हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौं। यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार…

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ। यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो। परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवा अनलाइन मार्फत नै दिनेगरी व्यवस्था मिलाउन लागेको हो। त्यसका लागि आवश्यक तिर्ने पर्ने शुल्क समेत अनलाइन मार्फत नै तिर्ने पर्नेछ। त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने र विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय (प्रदेश कार्यालय) बाट वितरण गरिने पनिकाले जनाएको छ। यी सेवाहरू १५ माघ २०८० सोमबार बिहान…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले आगामी बजेटमा देउडा आइडल आयोजना गर्न बजेट छुटाउने बताएका छन्। धनगढीमा बुधवार साँझ आयोजित देउडा आइडल सम्बन्धी विशेष भेटघाटमा मन्त्री धामीले उक्त कुरा बोलेका हुन्। कला, संस्कृति, परम्परा जोगाउनेका काम सरकारको भएको उनको भनाइ थियो। उनले अहिले विभिन्न संस्थाहरूले त्यस्तो काम गरेर राम्रो गरिरहेको बताए। उनले भने, ‘कला, संस्कृति, परम्परा जोगाएर पर्यटन क्षेत्रसँग जोडेर आम्दानी बढाउनु पर्ने पनि हुन्छ।’ नेकपा (एमाले) का प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले देउडा आइडलले देउडा संस्कृति जोगाउन ठूलो भूमिका खेल्ने बताए। सो अवसरमा महेश आउजी लगायतले विभिन्न देउडा लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए। फागुनको…

Read More

सिड्नी : अस्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको छ । अस्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो । भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ, ‘अस्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ । पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौँ।”

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य चयन गर्न मतदान सुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान सुरुभएको हो । प्रदेश सभा सदस्य ओम विक्रम भाट ‘सरल’ले पहिलो मत खसालेका छन् । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा…

Read More

एजेन्सी : युक्रेनी युद्धबन्दी बोकेको रूसी सैन्य विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ। बुधबार रूस-युक्रेन सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको इलुसिन-७६ सैन्य विमान दुर्घटना भएको हो। त्यसमा ६५ जना युक्रेनी युद्धबन्दी र चालक दलका ६ सदस्य र तीन जना रूसी सैनिक सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूस र युक्रेनबीच बन्दी आदानप्रदानको सहमति भएको केही घन्टामा उक्त घटना भएको हो। युक्रेनले एन्टीक्राफ्ट  मिशाइल आक्रमणबाट जहाज खसालेको रूसले आरोप लगाएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० सडकघाटबाट ७७० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन्। यस्तै भीमदत्त नगरपालिका-१० गडडाचौकीस्थित व्यारेलबाट ०.८३ ग्राम खैरो हेरोइनसहित भीमदत्त-३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त-१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुवै जनाहरुलाई पक्राउ गरेको हो। पक्राउ परका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। भीमदत्त नगरपालिका-३ तिलकपुरस्थित पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भएर बुधवार आगलागी भएको हो। आगलागि हुँदा घरभित्र रहेका अन्नपात, लत्ता कपडा, मोबाइल लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More