Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ। विद्युत् गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरेर सहयोग गरेको हो। भूमि सुधार तथा मालपोत कार्यालय धनगढीबाट कैलालीका धनगढीमा, गौरीगंगा, गोदावरी, चुरे, कैलारी, घोडाघोडी, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन्। विद्युत सेवा अवरुद्ध भयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३÷४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो। सोलार पावर जडान भएसँगै बत्ती नभएको…

Read More

धनगढी : धनगढीको लोटस क्याफेको वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरिएको छ। धनगढीको राष्ट्र बैंक अगाडि रहेको क्याफेको पाँचौ वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरिएको हो। क्याफेका सञ्चालक टंकबहादुर कठायतले वार्षिकोत्सवको अवसरमा खानाका विभिन्न परिकारमा २० प्रतिशत छुट दिने बताएका छन्। पाँचौ वार्षिकोत्सवको अवसरमा क्याफेमा लाइभ सङ्गीतमा झुम्दै ग्राहकलाई भरपुर आनन्द दिने योजना रहेको क्याफेका अर्का सञ्चालक खेमनाथ योगीले बताए। लामो समयदेखी धनगढीमा सेवा दिदै आएको लोटस क्याफे ग्राहकको रोजाइमा पर्दै गएको छ ।

Read More

डडेल्धुरा : एकल महिला सुरक्षाकोष कर्यान्वयन गर्नुपर्ने भन्दै स्थानीय सरकारलाई ध्याकर्षण पत्र बुझाईएको छ । मानव अधिकारकको लागि महिला एकल महिला समूहले जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई बिहिबार ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिलाको हक हित र संरक्षणका लागि एकल महिला सुरक्षा कोषको स्थापना गरेको थियो । एकल महिलाको सशक्तिकरण क्षमता तथा मर्यादा अभिबृद्धि गरि सामाजिक तथा आर्थिक दृष्टिले कमजोर, विपन्न वर्गका एकल महिलाको हित र संरक्षण, प्रबद्र्धनका लागि एकल महिला सुरक्षाकोष स्थापना गरिएको थियो । यस कोषबाट लक्षित वर्गका एकल महिलाहरुले (सम्बन्ध बिच्छेद गरेका, विधवा, ३५ वर्ष…

Read More

धनगढीः नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले अनुसन्धान गर्ने भएको छ। दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्ने भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेश कुमार केशीले अख्तियारले अनुसन्धानको प्रक्रिया सुरु गरेको बताए। उनले भने, ‘टेलिकमको कबाडका विषयमा हामी अनुसन्धान गर्दैछौ। प्रमुख जिल्ला अधिकारी ज्यूले छानबिन समिति पनि बनाउनु भएको रहेछ। छानबिन समितिको प्रतिवेदन पनि मागेका छौ। हामी आफ्नो तरिकाले पनि अनुसन्धान गर्छाै। सबै क्षेत्रबाट सूचना सङ्कलन गर्ने काम हुँदैछ।’ नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाजन्य…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले चोरी, तस्करीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले बिहीबार गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी केसीले सीमा क्षेत्रबाट हुने हातहतियार तथा सामानको तस्करी नियन्त्रण गर्न प्राथमिकताका साथ काम गर्ने बताएका हुन् । केसीले भयावह बन्दै गएको लागुऔषध दुर्व्यशनी नियन्त्रणलाई पनि प्राथमिकता साथ गर्ने बताउँदै सबै पक्षको साथ, सहयोगको पाउनेमा आशावादी रहेको बताएका छन् । हालै सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका केसीले शान्ति,सुव्यवस्था कायम गर्न प्रतिबद्ध रहेको बताए । केसीलाई स्वागत गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मायाको चिनो प्रदान गरेका छन् । क्षेत्रियतावादी…

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ। प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले जवानहरुलाई प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको हो। ती जवानहरु ६ महिनासम्म पनि बिदा नबसेको देखिएकाले स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए। कारबाही गर्नका लागि नभएर बिदा बस्नलाई प्रात्साहित गर्न स्पष्टीकरण सोधिएको उनले बताए। ती जवानहरुले स्पष्टीकरणको जवाफ पनि दिइसकेको बुझिएको छ। प्रहरी अधिकृतहरुले वर्षमा ३० दिन घर विदा र १२ दिन भैपरि आउने बिदा पाउँछन्।

Read More

धनगढी : कैलालीमा सालकको खपेटा समात्दा समात्दै हवल्दारसहित २ प्रहरी घाइते घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका एक हवल्दार रहेका छन्। उनीहरूमाथि आज (बिहीबार) बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको कैलाली प्रहरीले जनाएको छ। सालकको खपेटा समात्दा थारुहरुले कुटेको र अहिले स्थानीय अस्पतालमा उपचार सुरु गरिएको प्रहरी स्रोतको भनाइ छ। घाइतेमध्ये एकको अवस्था समान्य र एकको गम्भीर रहेको छ। तथापी प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गर्न सफल भएको छ। र, यो पनि :…

Read More

धनगढी : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो। गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो। सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो। गण्डकीका लागि अस्विनी रानाले २५ रन र कमल परियारले २२ रन जोड्दा अरु ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ९ मध्ये ४ ब्याटरले खाता खोल्न सकेनन्। बलिङमा सुदूरका शेर मल्लले ५ विकेट लिए। उनले ८.२ ‌ओभरमा १ मेडन राख्दा २३ रन दिए। गजेन्द्र बोहराले २ विकेट लिए भने भोजराज भट्ट,…

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रो पटक उद्घाटन गरिएको छ। नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन उद्घाटन गरेका हुन्। भवन २० महिनाका बीचमा दोस्रो पटक उद्घाटन गरिएकोमा चौतर्फी आलोचनासमेत भएको थियो। दोस्रो पटक भवन उद्घाटनको तयारीसँगै एमालेले विरोध गरेको थियो। एमालेले नगरपालिका कार्यालयसमेत घेराउ गरेर नाराबाजी गरेको छ। एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले २०७८ चैत १४ गते भवन उद्घाटन गरेका थिए। उनले पनि निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका थिए। कांग्रेसबाट जितेका नगरप्रमुख भट्टले आज भवनको उद्घाटन तयारी गरेपछि तनाव सिर्जना भएको हो। घेराउ र नाराबाजीका बीच नगरप्रमुख भट्टले भवन उद्घाटन गरे। मेयर भट्टले पुरानो शिलालेख फुटाएर…

Read More

पोखरा : बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ। बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो। उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए।

Read More