Author: महेन्द्रनगर पोष्ट

डोटी : डोटीमा जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्। बँदेलले आक्रमणमा परी घाइते हुनेमा जिल्लाको केआईसिंह गाउँपालिका– १ का ३५ वर्षीया जगुलीदेवी भूल र ७२ वर्षीया भगी भुल रहेका छन्। उनीहरुलाई मङ्गलवार (आज) बिहान करिब ९ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए। घाइते जगुलीको टाउको र दुवै खुट्टा तथा भगीको टाउकोमा चोट लागेको र उपचारको लागि सुजङ्ग अस्पताल राजपुर ल्याइएको विष्टले बताए।

Read More

काठमाडौं : सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ। गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो। त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ। सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ।

Read More

कञ्चनपुर : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन्। कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए। “साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ”, उनले भने, “यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ । पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए। करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका…

Read More

काठमाडौं: नेपाल प्रहरीको सेवा अवधि हटाउन अनेकन चलखेल थालिएका छन्। तत्कालै प्रहरीको ३० वर्षे सेवा अवधि हटाउँने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितले तयारी थालेका हुन्। संसद् नचलेको अवस्थामा अध्यादेशमार्फत (सर्टकट) सेवा अवधि हटाएर प्रहरी ऐन जारी गर्न खोजिएको हो। जसका लागि संघीय प्रहरी विधेयकको मस्यौदाको खाका कोर्ने भइरहेको बताइएको छ। यस अगाडि गृह प्रशासन सुधार समिति भनेर अध्यक्ष पूर्वमुख्यसचिव लीलामणि पौड्याल, सदस्य पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्याल र पूर्वएआईजी बमबहादुर भण्डारीसहितको एक टोली निर्माण गरिएको थियो। सोही टोली यतिखेर मस्यौदा निर्माणमा क्रियाशील छ। टोलीले आईजीपी वसन्तबहादुर कुँवरसँग छलफल गरिसकेको बताइन्छ। स्रोतका अनुसार गृहले ऐन बनाउन संसदीय प्रक्रिया झन्झट हुने हुँदा अध्यादेश…

Read More

काठमाडौं : भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ। स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो। केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन।

Read More

कञ्चनपुर : कञ्चनपुरका थारु समुदायमा माघी पर्वको हर्षोल्लास छाएको छ । थारु समुदायले सबैभन्दा ठूलो पर्वकारुपमा मनाउने माघीले गाउँबस्तीमा खुसियाली छाएको छ । पर्वका अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमको आयोजना गरेर स्थानीय जमघट भइरहेका छन् । नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन् । माघ १ गतेदेखि सुरु भएको पर्व महिनाभर मनाइने गरिएको भीमदत्त नगरपालिका–१८ विजय चौधरीले बताए । “माघीको पहिलो दिन बिहानै नजिकैको जलाशयमा गएर स्नान गरिन्छ”, उनले भने, “आजदेखि विधिवत्रुपमा सुरु भएको माघी यो महिनाभर हर्षोल्लासका साथ मनाइन्छ ।” उनकाअनुसार पुसको अन्तिम दिन थारु समुदायले घरघरमा सुँगुर काट्ने…

Read More

काठमाडौं- त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ । मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ । स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र नदीमा बत्ती पनि बलेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। तर, त्यो नयाँ हो या पूरानी यकिक भइसकेको छैन।

Read More

कैलाली : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

Read More

काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो । यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन । कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको…

Read More