Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थमन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले भने, ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।’ ‘लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा लागिरहेका छौँ”, अर्थमन्त्री महतले भने, ‘साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका…

Read More

कञ्चनपुरः जिल्लाको बेलौरी नगरपालिकाका किसानहरु आन्दोलित भएका छन्। उखु काटिसकेपछि स्थानीय किसानहरुलाई पर्ची नदिएको भन्दै बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर मिल पुगेका किसानहरु सोमवार आन्दोलित बनेका हुन्। बिना पर्ची उखु मिलमा ल्याउनेको ट्रली मिलले साइड राखेपछि विवाद उतपन्न भएको हो। काटेको उखु खेतमा सुकिरहेको तर मिलले पर्ची दिन ढिलाइ गरिरहेको किसानहरुले गुनासो गरेका छन्। सिमावर्ती क्षेत्रबाट उखु भित्रने गरेको र स्थानीय किसानहरुलाई भने पर्ची नदिई व्यापारीहरुलाई पर्ची दिएको उनीहरुको आरोप छ। किसान आन्दोलित भएपछि उक्त स्थानमा प्रहरी खटाइएको छ।

Read More

काठमाडौँ : बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरू प्रभावित हुनेछन् । अष्ट्रेलिया सरकारले २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउने घोषणा गरेको छ । त्यसो भयो भने हाल ५ लाख बढीको संख्यामा रहेका आप्रवासीको संख्या साढे २ लाखमा समिति हुनेछ । तर विदेशी विद्यार्थीको संख्या भने ६ लाख भन्दा बढी छ । पछिल्ला २ वर्ष ठूलो संख्यामा अष्ट्रेलिया विदेशी विद्यार्थी र कामदार लिएको थियो । अब त्यससलाई कोभिड महामारी अघिको अवस्थामा फर्काउन विदेशी विद्यार्थी र न्यून सीप भएका कामदारलाई…

Read More

काठमाडौँः परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका गरेका हुन् । परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको सम्बन्धका आधारमा मानवीय मामिलामा कतार सरकारसँग आशा गरेको बताएका थिए । जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो बनाएका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरी सगरमाथामा नेपालकोराष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई पनि सम्मान गरिएको छ । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा उनीहरुलाई सम्मान गरिएको प्रहरी मुख्यालयले जनाएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मानगरिएको हो । भिडियो निर्माणमा नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको…

Read More

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। सोमवार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१४ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेका थिए। मोटरसाइकलमा पछाडी सवार रहेका एक जना घाइते भएका छन्। दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोहि ठाउँकै ३९ वर्षीय तेजबहादुर सार्कीको सेती अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाज सेवी विनयप्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहायोग गरेका छन् । विपन्न विद्यार्थीलाई उनले ७१ हजार ४ सय बरारबको पोशाक सहयोग गरेका हुन् । उनले जिल्लाको अजयमेरु गाउँपालिका–२ हाटमा रहेको समैजी प्राथमिक विद्यालयका ६४ जना विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको बताएका छन् । मल्लले विगतदेखि नै विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् । उनले विभिन्न विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना गरेका छन् । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् । मल्लले जिल्लाको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा…

Read More

धनगढी: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र शाखा कार्यालयमा तालाबन्दी गरिएको छ। २३ गते करेन्ट लागेर मृत्यु भएका केदारस्युँ गाउँपालिकाका राम भण्डारीको उचित क्षतिपूर्तिको माग राख्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो। सो पार्टीले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने पनि अडान राखेको छ।

Read More

धनगढी: धनगढीमा झण्डै तीन किलाे चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। आज (सोमबार) बझाङकाे रायल स्वास्थ्य केन्द्रकाे एम्बुलेन्सका चालक २ किलो ८ सय ग्राम चरेससहित समातिएका हुन्।  बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी ३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

Read More

काठमाडौं : देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको देउडा आइडलको टिमले तीन पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट तथा छलफल गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष महेश कुमार औजीको नेतृत्वमा आइतबार पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटघाट तथा छलफल गरेका हुन् । भेटमा पूर्व प्रधानमन्त्री चन्दले भने, ‘म यो खबरले अत्यन्तै हर्षित भए, संस्कृति रहे समाज रहन्छ यसलाई पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो । आफू साहित्य लेखनमा रुचि राख्ने र गीत सङ्गीत मन पराउने भएकाले देउडा आइडल भित्र हाम्रो संस्कृति…

Read More