काठमाडौं : सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल सिफारिश भएका छन्।
न्याय सेवा आयोगको आज बसेको बैठकले मुख्य रजिष्ट्रारमा ढकाललाई नियुक्तिका लागि सिफारिश गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिश गरेका हुन्।
यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिश गरिएको छ। मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए।
Facebook Comments Box