डडेल्धुरा : डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका- ८ मा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन्।
मृत फेला पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका-३ का ३५ वर्षीय नरेश नाथ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।
नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ।
नाथ लामो समयदेखि श्रीमतीसँग डडेल्धुरा बस्दै आएका थिए। उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको बताइएको छ। मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिएको छ।
Facebook Comments Box