बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ।
जिल्लाकाे पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना २ च ४५५१ नम्बरको जीप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो।
दुर्घटनामा परी ३ जना घाइते भएका छन्। उनिहरुको उद्धार भइरहेको स्थानीय एवं पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायणराम सार्कीले जानकारी दिए।
उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । जीप माथिल्लो मोडबाट तल्लो सडकमा खस्न पुगेको हो।
प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Facebook Comments Box