बाजुरा : बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ। विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो।
नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।
विद्युत १८ गते बुधबार र १९ गते विहीबार दुई दिन विहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ।
विद्युत अवरुबाट सेवा ग्राहीमा पर्नको गएको असुविधप्रति वितरण केन्द्रले क्षमा प्रार्थी छ, यद्यपी तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न भए विद्युत सेवा सूचारु हुने सूचनामा भनिएको छ ।
Facebook Comments Box