Author: महेन्द्रनगर पोष्ट

काठमाडौँः परराष्ट्रमन्त्री एनपी साउदले र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग शिष्टाचार भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन अनुरोध गरेका गरेका हुन् । परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको सम्बन्धका आधारमा मानवीय मामिलामा कतार सरकारसँग आशा गरेको बताएका थिए । जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताए । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो बनाएका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरी सगरमाथामा नेपालकोराष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई पनि सम्मान गरिएको छ । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा उनीहरुलाई सम्मान गरिएको प्रहरी मुख्यालयले जनाएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मानगरिएको हो । भिडियो निर्माणमा नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको…

Read More

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। सोमवार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१४ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेका थिए। मोटरसाइकलमा पछाडी सवार रहेका एक जना घाइते भएका छन्। दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोहि ठाउँकै ३९ वर्षीय तेजबहादुर सार्कीको सेती अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाज सेवी विनयप्रकाश मल्लले विद्यार्थीहरुलाई विद्यालय पोशाक सहायोग गरेका छन् । विपन्न विद्यार्थीलाई उनले ७१ हजार ४ सय बरारबको पोशाक सहयोग गरेका हुन् । उनले जिल्लाको अजयमेरु गाउँपालिका–२ हाटमा रहेको समैजी प्राथमिक विद्यालयका ६४ जना विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको बताएका छन् । मल्लले विगतदेखि नै विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् । उनले विभिन्न विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना गरेका छन् । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएका छन् । मल्लले जिल्लाको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा…

Read More

धनगढी: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र शाखा कार्यालयमा तालाबन्दी गरिएको छ। २३ गते करेन्ट लागेर मृत्यु भएका केदारस्युँ गाउँपालिकाका राम भण्डारीको उचित क्षतिपूर्तिको माग राख्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो। सो पार्टीले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने पनि अडान राखेको छ।

Read More

धनगढी: धनगढीमा झण्डै तीन किलाे चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। आज (सोमबार) बझाङकाे रायल स्वास्थ्य केन्द्रकाे एम्बुलेन्सका चालक २ किलो ८ सय ग्राम चरेससहित समातिएका हुन्।  बझाङबाट बिरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई धनगढी ३ स्थित बोराडाडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघिय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

Read More

काठमाडौं : देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको देउडा आइडलको टिमले तीन पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट तथा छलफल गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष महेश कुमार औजीको नेतृत्वमा आइतबार पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटघाट तथा छलफल गरेका हुन् । भेटमा पूर्व प्रधानमन्त्री चन्दले भने, ‘म यो खबरले अत्यन्तै हर्षित भए, संस्कृति रहे समाज रहन्छ यसलाई पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो । आफू साहित्य लेखनमा रुचि राख्ने र गीत सङ्गीत मन पराउने भएकाले देउडा आइडल भित्र हाम्रो संस्कृति…

Read More

काठमाडौं : संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन्।  आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ। उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो। गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन। उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए। उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।

Read More

काठमाडौं : नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

कैलाली : प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ। आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन गरेको हो। अनुगमनका क्रममा समितिले विश्वविद्यालय भित्र सञ्चालित गेटा अस्पताल सँगै हाल भौतिक संरचना निर्माण गरिरहेको पूर्वाधार विकास समितिको प्रगतिका बारेमा पनि जानकारी लिएको थियो। समितिले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँग पनि छलफल गरेर विश्वविद्यालयको ऐन लगायतका विषयमा छलफल गरेको थियो। अनुगमनका क्रममा बोल्दै समितिका सभापति जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक हाल राष्ट्रिय सभामा छलफलका क्रममा…

Read More