काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो। सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए। हिजो पक्राउ परेका दुई जना भारतीय हुन्। आज पक्राउ पर्नेमा सुमन्त यादव, भारत विहारका बृजेश कुमार छन्। यस्तै सुमित घोष र यादव थरी अर्का जना हिजो समातिएका थिए। एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: ठेक्का सम्झौता गरेका तर निर्धारित समयमा काम सम्पन्न नगरेका डेढ दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका त्यस्ता कम्पनीहरुमा नवदुर्गा बिल्डर्स, सपना–सैलुङ्ग जेभी, एमएस तेहनिम मल्टीप्रपोज कम्पनी, केआर कन्स्ट्रक्सन, खड्गदेवी कन्स्ट्रक्सन, तप्त निर्माण सेवा, हार्दिक कन्स्ट्रक्सन, पूर्ण निर्माण सेवा, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स छन्। त्यस्तै, रिना ट्रेडर्स एण्ड जनरल सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, टाभलर्स क्रियु कन्स्ट्रक्सन, एस के निर्माण सेवा, युनिक निर्माण सेवा, युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, आईए कन्स्ट्रक्सन, जिसि…
धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका एकजना उपप्राध्यापक पक्राउ परेका छन्। श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो। शनिबार गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्ति शनिबारमात्रै मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत रहेका उनले आफ्नी श्रीमतीलाई कुटेका थिए। घरायसी विवादका क्रममा मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि परेको थियो। उनको कुटपिटबाट उनकी श्रीमती घाइतेको भएर धनगढीमा उपचार गरिएको थियो। उनले आफ्नी श्रीमतीको टाउकोमा हानेका थिए।सोही प्रकरणमा उनी समातिएका हुन्। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले…
अछाम: नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग। सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको थियो। सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ। भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ। नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ। लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित दुई सय चार किमी सडक खण्ड पर्दछ।…
कञ्चनपुर: प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ। वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो। गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन्। ‘राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ,’ सङ्घका चराविज्ञ हिरुलाल डगौराले भने, ‘यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ।’ उनका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ। कैलाली…
कञ्चनपुरः कञ्चनपुरमा फेरि बाघको आंतक बढेको छ। जिल्लाको दोधारा–चाँदनीमा बाघले आंतक मच्चाएको हो। बाघको आक्रमणबाट एक जना घाइते समेत भएका छन्। चार महिना अघि एक महिलाको ज्यान लिएको बाघले पुनः आतङ्क मच्चाएको हो। सोमबार बिहान बाघले दोधारा–चाँदनी नगरपालिका–२ सरस्वती टोलका ६३ वर्षीय शेरसिंह साउँदमाथि आक्रमण गरेको बताइएको छ। गाँउकै मायापुरी जंगलमा गाईभैंसी चराउन गएको समयमा उनलाई आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते साउँदको दोधारा–चाँदनी नगर अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। गत साउन १७ गते मात्रै बाघकै आक्रमणबाट दोधारा–चाँदनीकी २३ वर्षीया हिरा शाहको मृत्यु भएको थियो।
काठमाडौं: नेपाल प्रहरीका आठ नवनियुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी महानिरीक्षकले उनीहरूलाई फूली लगाइदिएका हुन्। अब केही दिनमै उनीहरूको पदस्थापन गर्दै जिम्मेवारी पनि प्रदान गरिने प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार केही दिनमै उनीहरुले जिम्मेवारी पाउने छन्। यस्तै स्रोतका अनुसार केही प्रदेशका डीआईजीको सरुवा पनि नयाँ डीआईजीको पदस्थापनसँगै गरिने भएको छ। बिशेष ब्युरो, कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीहरुको सरुवा गर्ने तयारी छ। यस अगाडि आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी,…
काठमाडौं: नेपाल प्रहरीका ४५५ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ४५५ हवल्दारहरुलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा हुनेमा नवराज सुवेदी, सन्तोष खड्का, यम बहादुर कार्की, खिम बहादुर गुरुङ्, रिता ओझा, दिना नाथ गेलाल लगायतका व्यक्तिहरु रहेका छन्। यी हुन् हवल्दारहरु
धनगढी: सुदूरपश्चिम प्रदेश सरकार नालायक भएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री ओम विक्रम भाट सरलले सो आरोप लगाएका हुन्। सरलले नेपाली काङ्ग्रेसका कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारलाई नालायक करार गर्दै प्रदेश सभालाई बन्धक बनाएको पनि बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम सरकारले बिजनेस नदिएर प्रदेश सभा बन्धक बनाइएको जनाए।
धनगढी: कञ्चनपुरमा ८ वटा ट्याक्टरसहित ८ जना पक्राउ परेका छन्। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो। ट्याक्टर चालक मानबहाखुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकखेव राना, रोशन चौधरी, शिवलाल राना, विष्णु पन्त र दिपेश डगौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए। ‘प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका– ५ र ६ को सीमाना घुर्सुवा घाटबाट अवैध रुपमा ढुङगा उत्खनन गरेका ८ वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो,’ डीएसपी जोशीले भने, ‘आवश्यक कारबाहीको लागि बेदकोट नगरपालिकाको कार्यालयमा बुझाइएको छ।’