Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद हुँदा धारिलो हतियार प्रहार भएको छ। दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार मावि, पीपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो। राष्ट्रपति रनिङ सिल्डमा सहभागी एक छात्राबारे दुई समूहबीच विवाद भएको स्थानीय बताउँछन्। सोमबारको खेल सकिएलगत्तै विद्यार्थीको समूह र खेल हेर्न आएका युवाबीच मञ्चको पछाडि झडप भएको स्थानीय वीरेन्द्र कार्कीले बताए। त्यसपछि चमेलियाको पुलपारि दुवै समूहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएको कार्कीको भनाइ छ। हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बैतडीका निमित्त प्रहरी…

Read More

कञ्चनपुरः कञ्चनपुरको रौटेलास्थित बैजनाथ धाममा नेपाली सेनाले नेपालको नक्सा तयार गर्दैछ। बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले नेपालको नक्सा तयार गरिरहेको हो। श्रीदल गुल्म भगतपुरका अनुसार उक्त नक्सा सिमेन्टको प्रयोग गरी बनाइँदैछ। सेनाले नक्सासहित सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धाका लागि लघु पार्कसमेत निर्माण गरिरहेका छन्।

Read More

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल-चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेका छन्। ​ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका महानिरीक्षक अर्यालले गुल्म र मातहत बीओपी हिल्साको निरीक्षण गरेका हुन्। साथै सो बीओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत उनले जानकारी लिएका थिए। महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले कार्यरत फौजलाई उच्च मनोबल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत निर्देशन दिएका छन्।

Read More

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन्। मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण एक अधिकारीले जानकारी दिए। खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन्। अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए। पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ।

Read More

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ। दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राती केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो। हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ। सोमबार साँझ पौने सात बजे उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका छ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिए।

Read More

काठमाडौं : बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन्।  बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन्। उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ। प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो। शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन्। उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन्।

Read More

डोटीः डोटीमा डस्टबिनका रूपमा डोको प्रयोगमा ल्याइएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग ल्याइएको हो। गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको हो। पछिल्लो समय अत्याधिक प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ रहने वडाध्यक्ष खेमबहादुर घर्तीमगरले बताए। स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नाका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने उनको भनाइ छ। यसैबीच मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरिएको छ। यूएमएन डोटी र…

Read More

धनगढी : अनेरास्ववियुको केन्द्रीय कमिटिमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक नेत्रीको अश्लील भिडियो बाहिरिएको छ। केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने ती नेत्रीको अश्लील भिडियो फेसबुक म्यासेन्जरबाट बाहिरिएको हो। म्यासेन्जरमा अनेरास्ववियुका नेता, कार्यकर्ताहरुबीच व्यापक आदानप्रदान भइरहेको उक्त भिडियोमा ती महिलाले यौन आनन्द लिइरहेका बेला उनका पाटनरले भिडियो कैद गरेको जस्तो देखिन्छ। तर भिडियो कैद गर्ने व्यक्ति भने देखिएका छैनन्। स्रोतकाअनुसार यो भिडियोलाई लिएर अनेरास्ववीयुको बैठकमा ती महिलालाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो तर केही नेताहरुले त्यसरी कारवाही गर्न थाल्यो भने सबै जना पर्ने भन्दै उनको बचाउ गरेको बताइन्छ।

Read More

बाजुरा: जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो। अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या (बेड) सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो। बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उनले जानकारी दिए। यसका लागि आवश्यक स्वास्थ्य सामग्री ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताए। हाडजोर्नी दुखेका, नशा च्यापिएका बिरामी अब जिल्ला बाहिर जानुपर्ने…

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ। आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More