Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको  टीकापुरबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। हिजो (बिहीवार) दिउँसो टीकापुर नगरपालिका–७ सत्तीबाट सोहि नगरपालिकाको वडा नम्बर–८ बटनपुरका २८ वर्षीय बिजय बुढा, २५ वर्षीय विशाल साउद र २४ वर्षीय निशान्त साउद पक्राउ परेका छन्। उनीहरु १ ग्राम ३५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। यस्तै सोहि नगरपालिका–१ सामुदायिक चोकबाट लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय गणेश थापा र १० नम्बर वडाका २४ वर्षीय प्रतुस वडलाई ७७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। 

Read More

कैलालीः टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ। कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ। अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ। हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन्। अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ।

Read More

काठमाडौं: अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीेय रमेश न्यौपाने बिहीवार काठमाडौँमा पक्राउ परेका हुन्। न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। न्यौपानेलाई बिहीवार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले बताए।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा फ्लाइ दुबईबाट बिहीबार राति काठमाडौं उत्रिएका गोरखाका चन्द्र घले हुन्। सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

Read More

धनगढी: नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह-इन्चार्ज तोकेको छ। आज (बिहीबार) विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकिएको हो। जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह-इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्। सुदूरपश्चिममा युवाहरू माझ निकै लोकप्रिय रहेका शाह पार्टी जिल्ला कमिटी सदस्य पनि हुन्।  शाह सामाजिक सेवा मार्फत पनि चर्चामा छन्। शाहले कोरोना कहरमा पनि सुदूरपश्चिम फाउन्डेसनमार्फत सेवा प्रदान गरेका थिए।

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाका एक विद्यालयका प्रधानाध्यापकले वन अतिक्रमण गरि बनाएको अवैध टहरा सामुदायिक वनले हटाएको छ। जिल्लाको अमरगढी नगरपालिका-२ माैरडास्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक  मोहनसिंह धामीले अमरगढी नगरपालिका-६ स्थित कालापत्थर सामुदायिक वनमा बनाएको टहरा हटाइएको हो। धामीले कालापत्थर सामुदायिक वनमा अनुमति बिना टहरा बनाएका थिए। उनले आफ्ना सहोदर भाइसँग मिलेर मदिराको व्यापार पनि गर्ने गरेका थिए। टहरा हटाउन पटक-पटक धामीलाई आग्रह गरेको भएपनि उनले अटेरी गर्दै आएका थिए। स्थानीय जीतराज भट्टले टहरा हटाउनुको सट्टा धामीले अटेरी गरि मदिरा लाइसेन्स लिएर मदिरा बिक्री गर्न सुरु गरेका थिए। यसअघि पनि सामुदायिक वनको बैठक बसेर टहरा हटाउने निर्णय गरिएको र धामीलाई…

Read More

काठमाडौँ : दुई उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले लेखापरीक्षण सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । लेखापरीक्षण सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका हुन् । लेखापरीक्षतर्फ एक जना सहसचिवका लागि एक जनाको मात्रै योग्यता पुगेकाले एउटा मात्रै आवेदन परेको भने इन्जिनियरिङतर्फ चार जनाको आवेदन परेको थियो । चार जनामा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो नम्बरमा महेश्वर घिमिरे र चौथो नम्बरमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।

Read More

जर्जटाउन : अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । “गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्नेछ”, गुयानामा अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू दुवै मुलुकबीचको सुरक्षा साझेदारीलाई बढाउनका लागि ‘नियमित संलग्नता’ को एउटा भाग हा ।” हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ । उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने…

Read More

काठमाडौँ : भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले आई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ । सियान सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेका हुन् । पर्यटकीय पूर्वाधार मानिने उक्त क्यामराले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्न सक्ने महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सकिन्छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ । चेम्बर अफ कर्मशका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्नेछ…

Read More