Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

Read More

ढाका : बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनको यो लगातार चौथो कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ। आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको सपथ लिएका थिए। निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ।

Read More

धनगढीः प्रहरी नायब निरीक्षक (सई) नरिभान साउदले राजीनामा दिएका छन्। डोटीमा कार्यरत रहेका साउदले सरुवाको विषयमा चित्त नबुझिएको भन्दै राजीनामा दिएका हुन्। अहिले उनले जागिर अवधी नसकिदै राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ।

Read More

काठमाडौं : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रामबहादुर बम्जनबाट बरामद भएको पैसामाथि व्यङ्ग गर्दै ध्यान गर्नको लागि आफू अर्को रुख रोप्न हिडेको बताएका छन्। तपस्वीको घरमा धनको रास देखेपछि साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। लिटिल बुद्ध भनेर समेत चिनिने बम्जनलाई ३ करोड रुपैयाँभन्दा बढी स्वदेशी तथा विदेशी मुद्रासहित सिआइवीको टोलीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। ‘बम्जन जीले पैसा कहाँ राख्या रैछन ? दराजमा कि बाकसमारु झोलामा कि सुटकेसमा ? कि बोरामा ? हजारको कति वटा पाँच सयको कति ? ,’ उनले व्यङग्य गरेका छन्, ‘देखाउँदा चाहिँ टेबलमा मिलाएर राखेर देखाइयो ! अब त्यो पैसा के हुन्छ ? सुनको…

Read More

सर्लाही : रामबहादुर बमजन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ। बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले छ। विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको हो। बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेको थियो। बमजनविरुद्ध २०७७ साल…

Read More

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ। सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ। यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो। त्यसपछि बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको थियो। लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले…

Read More

काठमाडाैं : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । बुधबार शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई हुन्छ । चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौँ,’ उनले भने । यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए । उनले भने, ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ ।  नन ग्रेडिङ…

Read More

धनगढीः कैलालीको गोदावरीबाट अवैध काठ बरामद गरिएको छ। गोदावरी नगरपालिका–१० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलीले सालको ठूलो परिमाणमा चिरान काठ बरामद गरेको हो। स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ। बरामद सालको काठ चिरान गरिएको २ सय ५० थान (१ सय २० क्युफिट) रहेको सब डिभिजन वन कार्यालय अतरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए।

Read More

टीकापुर : रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ । नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

Read More