Author: महेन्द्रनगर पोष्ट

गाजा : गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु हुनाको साथै थुप्रै घाइते भएको गाजा पट्टीका चिकित्सा स्रोतहरूले शुक्रबार सिन्ह्वालाई बताएका छन्। गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको हमलामा परी कम्तिमा ३२ जना प्यालेस्टाइनीहरू मारिएको र थुप्रै घाइते भएको स्रोतले जनाकरी दिएको छ । गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी जारी राखेको जनाएको छ । विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारू आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहराइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि…

Read More

बग्दाद: इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन् । दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार इराकी राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी सहर बजिहियिा नजिकैको एउटा गाउँमा उक्त कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो । त्यसपछि कारमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए । कारमा भएको दोहोरो हमलामा उनीहरूको मृत्यु भएको अल–सादीले बताए । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जातीयरूमा मिश्रित दियाला प्रान्तले सन् २००३ पछिका वर्षहरूमा कुर्दिश, सुन्नी र सिया समुदायहरूबीचको अशान्ति र छिटपुट हिंसाको…

Read More

धनगढीः कञ्चनपुरका एकसहित पाँच प्रहरी पुरस्कृत भएका छन्। लागुऔषध नियन्त्रण ब्युरोले इलाका प्रहरी कार्यालय ड्डाचौकी कञ्चनपुरमा दरबन्दी रहेका प्रहरी हवल्दार पदम सिँह विष्टसहितका पाँच जनालाई पुरस्कृत गरेको हो। उनी लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत रहेका थिए। विष्टलाई नौ सय रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ। उनीसँगै प्रहरी वरिष्ठ हवल्दार नवराज घिमिरे, प्रहरी हवल्दार जयसी प्रसाद यादब, रामजी लम्साल र सचिदान्द विश्वासलाई समेत पुरस्कृत गरिएको छ। उनीहरूले उत्कृष्ट तथा प्रशंसनीय काम गरेको ब्युरोले बताएको छ।

Read More

काठमाडौँ : केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनाउन सक्यो । सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए । बलिङतर्फ मधेसका कप्तान…

Read More

काठमाडौं : ‘घुमुवा प्रहरी हुँ’ भन्दै व्यापारीबाट पैसा असुल्दै हिँडेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बाराको आदर्श कोतवाल गाउँपालिका–८ स्थित लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ५/६ महिनादेखि आफू मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको सूचना प्राप्त भएपछि कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। सिर्सिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ हरपतगञ्जबाट पक्राउ गरेको थियो। उनलाई थुनामा राखी थप…

Read More

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन्। उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ। न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए। तर, अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ। तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन। गोलाप्रथाबाट इजलास तोकिन्छ।

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कैलालीको बर्दगोरीया गाउँपालिका- ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा बालविकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्लविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ। मल्लको एसएलसी सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगमा उजुरी परेको थियो। सोही उजुरीमाथि अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट मल्लको नाममा जारी भएको हाई–स्कूल परीक्षाको प्रमाणपत्र नक्कली भेटिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा…

Read More

काठमाडौंः आइसिसी एकदिवसीय विश्वकप २०२७ अन्तर्गको लिग-२ नेपालबाट सुरू हुने भएको छ। आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ ९क्यान० जनाएको छ। फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ। अघिल्लो लिग-२ को साइकलमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ८ टिमले भाग लिँदैछन्। अघिल्लो पटक आइसिसी स्थायी सदस्यसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्सले यसपटक लिग-२ खेल्दैछ। लिग-२ मा नेपाल, नेदरल्यान्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो संस्करणमा नेपाल…

Read More

डडेल्धुरा : डडेल्धुराः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका छन्। ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत बिहीबार बेलुकी डडेल्धुरा पुगेका ओलीले शुक्रबार ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका हुन्। अमरगढी नगरपालिका–५ मा अवस्थित अमरगढी किल्लामा रहेको अमरसिंह थापाको शालिकमा माल्यार्पणसमेत गरे। अमरगढी किल्लामा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययले स्वागत गरेका थिए। ओलीले अमरसिंह थापाको शालिकलाई ठूलो बनाउन नगरप्रमुख जोशीलाई आग्रह पनि गरे। ‘मेयरसा’प यो शालिक भएन। अलि ठूलो शालिक बनाउनुहोस्। नेपाल एकीकरणका क्रममा अमरसिंह थापाले खेलेको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने। माल्यार्पणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले…

Read More

डडेल्धुरा/महेन्द्रनगर : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो इन्टरनेटको वार्षिक प्याकेजमा भारी छुट अफर घोषणा गरेको छ । कम्पनीले नयाँ ग्राहकका लागि वार्षिक ७ हजारमै ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सकिने अफर ल्याएको हो । सिंगल ब्यान्डको उक्त प्याकेजमा एक वर्षसम्मको टेलिभिजन प्याकेज चलाउन सकिने कम्पनीले जनाएको छ । यस्तै ८ हजार ५ सयमा डबल ब्यान्डको ५० एमबीपीएस गतिको इन्टरनेट र टेलिभिजन प्याकेज पाइने बताइएको छ । यस्तै ७ हजारमा डबल ब्यान्डको वार्षिक इन्टरनेट प्याकेज पाइने भायानेट कम्युनिकेसन डडेल्धुराका शाखा प्रवन्धक सजन सिंह ठकुरीले बताए । साथै एक महिनाका लागि ५० एमबीपीएस गतिको इन्टरनेट १ हजार १ सयमै…

Read More