Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ। गए राति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो। वडा नम्बर २ भारतसँग जोडिएको क्षेत्र हो। खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन्। बिहानसम्म प्रहरी टोलीले कुनै चासो नदिएको वडाअध्यक्ष ओझाले बताए। उनले भने, ‘भतिजाले चोरी भएको प्रहरीलाई जानकारी दिँदा समेत कुनै टोली आएन। अहिले प्रहरी आएको छ। मुचुल्का तयार गरेको छ।’

Read More

काठमाडौं: विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दै छ। ​ वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ। भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो। अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ। भारत पछिल्ला १०…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली…

Read More

काठमाडौँ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल…

Read More

ललितपुर: जिल्ला प्रहरी परिसर ललितपुरले अवैध जुवाविरुद्ध थालेको कारबाहीमा नेपाली सेनाका पूर्व उपरथीसहित आठजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सेनाका अवकाशप्राप्त उपरथी होम लावती छन् ।  मंगलबार साँझ  ललितपुरको हात्तिबनस्थित क्लासिक टावरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित ८ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ । ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएको स्रोतले बताएको छ ।

Read More

काठमाडौँ : तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात जना र सङ्खुवासभाबाट सात जना गरी ९० जना पक्राउ परेको जनाइएको छ ।  काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गालसमेत आठ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रु ७६ हजार  आठ सय ३५ र एक बुक ताससहित पक्राउ गरेको हो ।  यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत नौ…

Read More

दार्चुला: दार्चुलामा नगदसहित सात जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। गएराति महाकाली नगरपालिका वडा नम्बर ५गल्फै स्थित केशबदत्त भट्टको घरबाट जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन्। पक्राउ पर्नेमा जिल्ला दार्चुला महाकाली नगरपालिका–५ बस्ने घरबेटी केशव दत्त भट्ट, महाकाली नगरपालिका वडा ५ बस्ने रतनसिंह खाती, महाकाली नगरपालिका वडा ५ मै बस्ने कमलसिंह ठगुन्ना, खिमानन्द भट्ट, अम्बादत्त भट्ट, जीवन भट्ट र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ९ बस्ने जनकराज जोशी रहेका छन्। उनीहरुको साथबाट ४३ हजार ३ सय रुपैयाँसहित तास बरामद गरेको प्रहरी निरीक्षक एवम सूचना अधिकारी सिंहले बताए। प्रक्राउ परेका सातै जनाविरुद्ध मुद्धादर्ता गरी अनुसन्धान भइरहेको…

Read More

धनगढीः कैलालीबाट लागुऔषधसहित युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ श्रीपुरका २० वर्षीय अनित चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट १५० मिलीग्राम लागुऔषध खैरो हिरोइन फेला परेको थियो। चौधरीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

बैतडी : बैतडीमा मंगलबार एक युवक मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा मृत फेला परेका हुन्। सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करिब पाँच मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ। ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ। ओझाको मृत्युको कारण भने खुलेको छैन। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा २ लाख ५८ हजारसहित २८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१७ बासखेडाका भीमबहादुर ठगुन्नाको घरबाट उनीहरू पक्राउ परेका हुन्। सोमबार राति उनीहरूलाई २ लाख ५८ हजार ६ सय ९४ रुपैँयासहित पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का इन्द्र पाठक, वडा नम्बर १०का रमेश टमटा, सोही वडाका अमृत कठायत, वडा नम्बर ९ का गणेश महता, वडा नम्बर १० का कोलाल सिँह ठकुराठी, वडा नम्बर १६ का भुवन ठगुन्ना, वडा नम्बर १७ का रोहित पाल, वडा नम्बर ९ का भवनि सिँह बुढा पक्राउ परेका छन्।…

Read More