Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले आइतबारदेखि गर्भवतीहरुका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरेको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथ शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। हिजो पहिलो दिन रौलेश्वर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेशसिंह मडैले बताए । शिविरमा २३ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए।अल्ट्रासाउण्ड गर्ने क्रममा एकजना गर्भवती आमा जटीलता देखिएकाले अन्यत्र रेफर गरिएको मडैले बताए। आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

Read More

डोटीः डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ, भने एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले पुर्पक्षका लागि कारागार चलान गरेकोे छ। अर्का एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको प्रहरी नायव निरीक्षक नारायणसिँह नेगीले बताए।

Read More

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बझाङको पारस निर्माण सेवासहित १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन्।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र  लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

Read More

इनरुवा : अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय  बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो न्युरो अस्पताल भर्ना…

Read More

डडेल्धुरा : अहिले सामाजिक सञ्जालमा डडेल्धुराको एउटा भिडियो भाइरल छ। परशुराम नगरपालिका-१ का शिक्षक ‘मदिरा सेवन गरि परस्त्रीको घर’मा भनेर सामाजिक सञ्जालमा उक्त भिडियो छ्याप छ्याप्ति भाइरल छ। जसमा केही स्थानीयले उनलाई कुटपिट गरेका छन्। ती शिक्षक भनिएका व्यक्तिको मुखभरी रगत देखिन्छ।५२ सेकेन्डको भिडियोमा ती व्यक्ति रक्सीले मात्तिएको देख्न सकिन्छ। भिडियोमा बोल्दै उनी भन्छन्, ‘मैले उसँग फोन कहिले गरेको छुँ, उसँग कुरा कहिले गरेको छुँ।` त्यसमा केही व्यक्ति बोल्दै सोध्छन्, ‘यति राति किन आइस् त? मास्टर भएर जे पनि गर्न पाइन्छ ? राति पैसा माग्नुको कारण के ? ‘ त्यसैमा एक जना महिलाले भन्छिन्, ´राती आएर सिधै जाने हो। मेरो…

Read More

काठमाडौँ : नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौँ ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले जानकारी दिए । उनका अनुसार यादवलाई ज्वरो आएको, कमजोरी बढेको र चक्कर आएकाले डाक्टरको निगरानीमा राखेर भेटघाट बन्द गरिएको छ ।

Read More

कैलाली : घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समूह ’सी’बाट सेमिफाइनल पुगेको छ। यस अघि समूह ’बि’ बाट यूथ अफ टिकापुर सेमिफाइनल पुगिसकेको छ। फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिले सम्म अपराजित रहेको छ । गरुडा सहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चिमाञ्चल एकेडेमी पहिलो चरण बाट बाहिर भएका छन्। खेलमा गरुडा नगरपालिकाले दिएको १२९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। घोडाघोडीका ओपनर विपिन विक्रम शाही र टेक रावतले ९३ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार…

Read More

पोखरा : पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा हेमजाकी २३ वर्षीय अनिशा खड्का र जीरोकी २४ वर्षीय भावना बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्कुटरमा सवार दुवैजना घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालक इलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा छन् ।

Read More

डडेल्धुराः भागेश्वोर गाउपालिका वडा न ४ बगरकोट देखि चौड जोड्ने सडक सञ्चालनमा आएको छ। आईतबारबाट सडक सञ्चालनमा आएको हो । यो सडक सञ्चालनमा आए सङ्गै अब वडा न। ४ का सबै गाउँमा सडक पुगेको भागेश्वोर गाउँपालिका वडा न।४ का अध्यक्ष बसन्त राज चटौतले बताए । ५ लाख लागतमा सडक निमार्ण कार्य सम्पन्न भएको पनि उनले बताए । सडक सञ्चालनमा आएपछि वडा तथा गाउँपालिकाको सरकारी कामकाज गर्न सजह हुने हुँदा निकै सुखी लागेको स्थानीय दान सिंह बोहराले बताए। डडेल्धुरा सदरमुकाम देखि चिरकिटे हुदै चौड जोड्ने सडक पहिले नै सञ्चालनमा रहेको छ । तर यता गाउँपालिकाको केन्द्र बगरकोटबाट चौड जोड्ने सडक नहुदाँ…

Read More