बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले आइतबारदेखि गर्भवतीहरुका लागि नि:शुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरेको छ । गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथ शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।
हिजो पहिलो दिन रौलेश्वर स्वास्थ्यचौकीमा शिविरको आयोजना गरिएको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेशसिंह मडैले बताए । शिविरमा २३ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गरिएको उनले बताए।अल्ट्रासाउण्ड गर्ने क्रममा एकजना गर्भवती आमा जटीलता देखिएकाले अन्यत्र रेफर गरिएको मडैले बताए।
आमा र बच्चाको स्वास्थ्य स्थितीका बिषयमा समयमै थाहा पाउनका लागि अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।
Facebook Comments Box