Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बौद्धिक अपाङ्गता स्रोत कक्षा आर्थिक अभावमा सञ्चालन हुँदै आएको छ । छुट्टै कक्षाकोठा नहुँदा बौद्धिक अपाङ्गता भएका बाललिकालाई छात्राबासको बरण्डामा राखेर पढाउनुपर्ने अवस्था छ । राष्ट्रपति शैक्षिक कार्यक्रममार्फत आव २०७९/८० मा निर्माण भएको दुईकोठे भवनमा बालबालिकालाई बस्न छात्राबासको व्यवस्था गरिएको छ । भवन अपाङ्गमैत्री नहुँदा बालबालिकालाई समस्या रहेको छ । छात्राबास रहेको भवनको वरिपरि घेरबार नहुँदा विद्यार्थी बाहिर भाग्ने डरसमेत उत्तिकै रहेको विद्यालयका स्रोत शिक्षक बलदेव भट्टले बताए । “बाहिरका अपरिचित व्यक्ति पनि भित्र प्रवेश गर्न सक्छन्”, उनले भने, “विद्यार्थी बाहिर गएर हराउने सम्भावना पनि छ, नगर प्रमुख अनुगमनमा…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । “प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियाशील भएको बताए । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पुर्‍याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे । फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले आतंकवादी समूह हमासको…

Read More

टीकापुर : सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ । टोलीले आगामी फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रगत शर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने सहमति भएको छ । बर्दियाको ठाकुरद्वारामा भएको छलफलमा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमि सुधारमन्त्री तथा प्रदेश सांसदको उपस्थिति थियो । यसैगरी छलफलमा दुवै प्रदेशका कैलाली टीकापुर, लम्कीचुहा नगरपालिका र…

Read More

धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब मासिक रूपमा निकासा गर्ने भएको छ। नगरपालिकाले आगामी माघदेखि शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले माघदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरले यो सँगै अन्य पाँच निर्णय गरी बिहिवार कार्यभार समालेका हुन्। नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रूपमा उपलब्ध गराउँदै आएकोमा अब भने मासिक तलब निकासा गरिने भएको हो।

Read More

पोखरा : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए । उनले भने, ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन्…

Read More

पेरिस : संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआका लागि उडेको एउटा विमान फ्रान्समा अवतरण गराइएको छ । मानव तस्करी भएको आशङ्कामा विमान अवतरण गराएर अनुसन्धान थालिएको जनाइएको छ । एएफपीका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने रहेको अनुमान छ । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको…

Read More

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतहरु हङकङ प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा नेताहरु शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन्। हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्। लिङ्देनलगायतले त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ। अध्यक्ष लिङ्देन पुस १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

Read More

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक दोधारमा उभिएको बताएका छन्। शनिबार काठमाडौंमा सुरु कांग्रेस बागमती प्रदेश सम्मेलनमा देउवाले मुलुक संक्रमणकालमा रहेको बताएका हुन्। भन्ने कुरा धेरै छैन भन्दै देउवाले भने, ‘कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपतिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ, यो महत्त्वपूर्ण कुरा हो।’

Read More

काठमाडौं : पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ।’ डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ। कोभिड–१९ का नयाँ संक्रमित एक लाख १८ हजार भन्दा बढी अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ । डब्लूएचओले मानिसहरूलाई उपलब्ध…

Read More

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो। गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए मकरबहादुर। मकरबहादुरले यसपालि १६८ मुरी धान उब्जाएका थिए। सोही कारण त्यस दिन उनलाई स्थानीय सरकारले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो। सम्मान कार्यक्रममा उपस्थित सबैले ५६ वर्षीय मकरबहादुर र उनकी ६० वर्षीय श्रीमती टीकामायाको मेहनतको प्रशंसा गरिररहेका थिए। फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रूपैयाँ पुरस्का दिने घोषणा…

Read More