Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो। ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए। कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो। यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी…

Read More

छान्ना : बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन। निर्माण व्यवसायीको लापरबाहीका लागि सडक निर्माण गर्ने योजना अधुरै छ। खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने बनाउने कामको अहिलेसम्म टुङ्गो लागेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजारमा ट्र्याक खोल्न २०७७ पुसमा सम्झौता…

Read More

काठमाडौं : कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्। पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए।

Read More

कैलालीः कैलालीको टीकापुरबाट बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । टीकापुर नगरपालिका-१ बस्ने २६ वर्षीया माया चौधरी शुक्रवार पक्राउ परेकी हुन् । कैलाली जिल्ला अदालतले २०७२ माघ १० गते उनलाई बहु–बिबाह मुद्दामा ९ महिना ८ दिन कैद र  ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरको ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिसकेको प्रहरीले बताएको छ। 

Read More

कैलाली : कैलालीको गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिएका छन्। गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा सम्पन्न शिविरमा १७५ जनाले निःशुल्क कान चेकजाँच गराएका हुन्। गौरीगंगा नगरपालिका वडा नम्बर २ को समन्वय र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशीले सहजीकरण गरेका थिए। शिविरमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखिएकाले उनीहरुको सहुलियत दरमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्ट नेपालले जनाएको छ।

Read More

कैलाली : कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्। जिल्लाको गौरिगंगा नगरपालिका- ६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा सुपप्र ०३ ००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका-४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएका छन्। प्रहरीले ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार कार र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।  भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाको अनुरोध छ ।

Read More

कञ्चनपुरः सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल ३ का दुई अडिसन सम्पन्न भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा शिक्षा शाखाको समन्व्यमा बेलौरीको जवदियामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा आइइलको तेह्रौं र र बेलौरी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा चौधौं अडिसन सम्पन्न भएको हो । शुक्रबार भएको चौधौं अडिसनमा बेलौरी नगरपालिकामा शिक्षा शाखाका निमित्त प्रमुख अमितप्रसाद भट्टले शिक्षा शाखाको समन्व्यमा बेलौरीमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता र स्तरीयता दिनु पर्ने कुरामा जोड दिए। तेह्रौं अडिसनमा बोल्दै लक्ष्मी मा।वि।का प्र।अ। विरेन्द्र सिंह भण्डारीका यस्तो कार्यक्रम विद्यालयमा अपरिहार्य भएको बताए भने चौधौं अडिसनमा बोल्दै महाकाली मा।वि।का…

Read More

बाजुरा : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताएका छन् । खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताए । सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताए । उनले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए । मन्त्री ज्वालाले भने, “कर्णाली करिडोर सडक निर्माणमा सहकार्य, हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन…

Read More