Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन्। एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो। झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो। आज एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदैछ।

Read More

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन्। कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो।

Read More

काठमाडौं: सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको समयसिमा सकिए पछि मंगलबारबाट सुनवाइ शुरू गर्न लागेको हो।

Read More

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एकजनाको मृत्यु भएको छ। आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको उनले बताए। लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो। घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो। काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार राजश्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले सोमवार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका हुन्। मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रवार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो। नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन्।

Read More

काठमाडौं: बेलायतमा एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघि मात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो।  उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेको गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। 

Read More

डोटी : यही मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्ना ३० वर्षीय युवा समिर भट्टको अन्तिम संस्कार हुन सकेको छैन। आफन्तहरूले घटना भएको एक हप्ता बित्दा पनि शव बुझ्न नमानेपछि अन्तिम संस्कार हुन नसकेको हो। मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समिरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो। उनको शव कपडा खोलिएको अवस्थामा फेला परेको थियो। उनको हत्या भएको र हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने आफन्तहरुको अडान छ। समिरको शवलाई अहिले जिल्ला अस्पताल डोटीको शव घरमा राखिएको छ। मृतक भट्टको टाउकोको पछाडि भागमा चोट लागेको छ । घटना भिरबाट खसेको जस्तो देखाउन…

Read More

काठमाडौं: दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ। ईपीएस भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो। कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको हो । सोही आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो। आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ। परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र भर्नु पर्नेछ ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी…

Read More

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन अनुरोध गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर साइबरजन्य ठगीका घटना बढेकाले ब्यूरोले यस्तो अनुरोध गरेको हो । वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले थोरै रकम जोगिने प्रलोभनमा अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरेर ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाइदिनु’ भनी दिने गरेको पाइएको ब्यूरोको अनुसन्धानबाट खुलेको छ । आज प्रकाशित सूचनामा भनिएको छ, ‘विदेशी रकम प्राप्त गरेपश्चात् निज अमुक व्यक्तिले ‘हुन्छ, म तपाईंले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु !’ भन्ने…

Read More