काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन्।
कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो।
Facebook Comments Box