Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन्। यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए। सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन्। ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ। उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ प्रशिक्षक टमाटाले भने। सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ। यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ। गुल्सन सहभागी भए पनि टिमको…

Read More

काठमाडौं : डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्। स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए। आफूमाथि स्वास्थ्य मन्त्रीले ‘घोर आपत्तिजनक अभिव्यक्ति’ दिएको डा. केसीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बरखिलाप हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Read More

काठमाडौं : भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ। यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ। भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ। दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ। गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एकदिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो।

Read More

काठमाडौँ :  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनकाे मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलाकाे १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

दार्चुला : दार्चुला प्रहरीले खैरो रंगको बाख्रा फेला पारेको छ। जिल्लाको महाकाली नगरपालिका-४ राधाकृष्ण चोकमा बेवारिसे अवस्थामा खैरो रंगको बाख्रा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शनिबार  राती साढे ११ बजेको समयमा बाख्रा फेला पारेको र कार्यालयमा राखिएको हुँदा बाख्रा मालिकले यस जिल्ला प्रहरी कार्यालय दार्चुलामा सम्पर्क राख्न दार्चुला प्रहरीले अनुरोध गरेको छ।

Read More

झापा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगे। अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोजी तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो। शुक्रवार क्लालाम्पुरबाट काठमाण्डाै आएका गोपाल शनिवार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए। ‘गोपाल भाइ मलेसियामा भेटिएका मात्र होइनन्…

Read More

कञ्चनपुर : वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो। स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताए। उनका अनुसार विवरण सङ्कलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिने छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।​ नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका हुन्। महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

Read More

काठमाडौं : स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन्। परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्। हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।

Read More

धनगढीः कैलालीको धनगढी बसर्पाकबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। श्री केदार टुर एण्ड ट्राभलले पठाएका ७० जना यात्रुहरू बिच बाटोमा अलपत्र परेका हुन्। उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्। उनीहरु भारतको डन भन्ने स्थानमा अलपत्र छन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन् । भारतमा रहेका बसका चालकहरूले पनि उल्टै उनीहरुलाइ गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले धनगढीबाट बेङ्लोरसम्मका लागि पाँच हजार सात सय एक रुपैयाँ कम्पनीलाई बुझाएका…

Read More