Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको पनि जन्ममिति विवादमा परेको छ। उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन्। सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ। नेपाली सेनाले गत शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरिएको र उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको छ। ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,’ अख्तियारमा…

Read More

डोटी: डोटीमा एक जनाको शव फेला परेको छ। मंगलबार दिपायल सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मृत फेला परेका हुन्। अहिले प्रहरी घटनास्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए। मृतका आफन्तले समीरको हत्या भएको आशंका गरेका छन्। स्थानीय रोशन कोलीले सडकको नालीमा समीरको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको बताए। उनले घटनाको छानविन गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

Read More

काठमाडौँ: अहिले सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन्। इन्स्पेक्टर तिलकबहादुर बमले प्रदर्शनमा सहभागी नभएको तथा घर हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हानेको भिडियोमा देखिन्छ। प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल’ भनेका छन्। थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या रु’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र…

Read More

एजेन्सी : हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ। इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ। ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो। उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन् कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ। इजरायल र हमासले शुक्रबार देखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भएपछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ। यसैबीच गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको…

Read More

काठमाडौँ: आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन्। दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ। प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन्।

Read More

बझाङः बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता भएका छन्। बझाङ जिल्ला घर भई हाल कैलालीको जोशिपुर गाउँपालिका-५ बनकट्टा बहुनिया बस्दै आएका दिपक खातीका १६ वर्षीय छोरा शेरबहादुर खाती गत शुक्रवारबाट सम्पर्क विहीन भएका हुन्। शुक्रवार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिले सम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए। शेरबहादुरलाई कसैले देखे वा भेटेमा ८६५७३३०५४,९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे।

Read More

टीकापुर: कैलालीको जानकी गाउँपालिका- ७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैंले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए। ‘एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौं’, अध्यक्ष गिरीले भने, ‘हजारौं किसान सहभागी छौं। यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ।’ उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका नदीप्रभावित क्षेत्रका बासिन्दाले नदीजन्य पदार्थमा अग्राधिकार कायम गरिनुपर्ने माग अघि सारेका छन् । चुरे क्षेत्र भएर बग्ने गौडी, घरकटुवा र अनौखी खोलामा नदीजन्य पदार्थ सङ्कलन र उत्खननका लागि प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण प्रतिवेदन तयारीका लागि आयोजित छलफलका वक्ताले नदीप्रभावित क्षेत्रका बासिन्दाको हितलाई ध्यानमा राखेर मात्रै कार्य अगाडि बढाइनुपर्ने माग गरेका हुन् । नगरपालिका-८ पारिफाँटाका वन वातावरणका क्षेत्रम लामो समयदेखि क्रियाशील केशवसिंह धामीले वातावरण र बस्तीलाई असर नपर्ने गरी नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी उत्खननको कार्य गरिनुपर्ने बताए । प्राकृतिक साधनस्रोतमा पहिलो अधिकार स्थानीय बासिन्दाको हुनुपर्ने उनले बताए । “नदीप्रभावित क्षेत्रका बासिन्दाको हितलाई पहिलो प्राथमिकतामा राखेर कार्य…

Read More

जाजरकोट : गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५…

Read More

महेन्द्रनगर : बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन् । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन् । “अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ”, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिनुभएकी रोजीले भनिन्, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।” सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत…

Read More