धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। भजनी नगरपालिका–३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलीग्राम खैरो हेरोइनसहित कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाका २२ वर्षीय दिनेश चौधरीसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्।
मोटरसाइकलको टुल बक्सभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाडाँबाट २२० मिलीग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौलाका २६ वर्षीय राजेश लुहार बुधबार दिउँसो पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लुहारलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box