Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्। उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए। स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुला कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर डडेल्धुरा रहेको…

Read More

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ रहेका ८१ सैनिक नेपाल फर्किएका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ८१ सैनिक नेपाल फर्किएका हुन् । ईओडी गुल्म (शा.से.) नवौँ डफ्फाका ८१ जना नेपाली शान्ति सैनिक प्रमुख सेनानी चित्र कुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा आज स्वदेश फिर्ता भएको छ । मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णय अनुरुप नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरत समेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली नेपाल आइपुगेको हो । नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका…

Read More

काठमाडौँ : युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा सेन्टिग्रेड महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।

Read More

काठमाडौँ : चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म फिल्म हलहरूमा प्रदर्शन हुने भएको छ। विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’को प्रदर्शनी रोक्ने घोषणा गरेका थिए। निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका थिए। उक्त घोषणापछि बिहीबार नेपाल चलचित्र सङ्घ र ‘दिमाग खराब’को निर्माताहरूबीच छलफल भएको हो। सङ्घका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै छलफल सकारात्मक भएको बताएका छन्। यस्तै बाँकी विषयमा आउँदो मंगलबार पुनः छलफल गर्ने र त्यतिन्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको हो। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।

Read More

सोल : आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमानेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलु स्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् । “उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको…

Read More

काठमाडौँ : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ। यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ। सोही अवधिमा प्रहरीले पटाका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो। उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटाका बरामद गरिएको थियो। उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु…

Read More

कैलाली : नेकपा एमालेले मंसिर १४ गतेबाट गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको सुदूरपश्चिम प्रदेशमा तयारी सुरु गरिएको छ । आज बसेको प्रदेश पदाधिकारी बैठकले सुदूरपश्चिम प्रदेशमा शुभारम्भ हुने पदयात्राको तयारी सुरु गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा सहितको बैठकले बैतडीको गोठलापानीमा आयोजना गरिने जनसभा तथा डडेल्धुरा डोटी र अछामको राजमार्गमा पर्ने स्थानमा सरोकारवालाहरूको उपस्थिति गराउने निर्णय गरेको हो । झुलाघाट (बैतडी) देखि चिवाभन्ज्याङ (पाँचथर) सम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पूरै पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सय बढीले…

Read More

डडेल्धुराः सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर १२ गते लाग्ने भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। मंसिर ११ गते रतेडी र १२ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली…

Read More

काठमाडौं : ललितपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेका ८ जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउने भएको छ।  मंगलबार ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित क्लासिक टावर ब्लक ‘ए’ को १६ औं तलाबाट नेपाली सेनाका पूर्वउपरथि होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो। प्रहरीले विशेष सूचनाको आधारमा खालबाट झन्डै १७ लाख रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये सेनाका पूर्वउपरथि लावती पनि परेका थिए। अन्य भने व्यवसायीहरू हुन्। उनीहरूलाई जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले हिरासतमा राखेको छ। तिहारको सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरूलाई प्रशासनमा हाजिर गराउने तयारी छ।

Read More

दार्चुला : दार्चुलाकाे नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार गाउँपालिकाको गाडी दुर्घटना भएको छ। जिल्लाकाे नौगाड गाउँपालिका-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड गाउँपालिका-३ बगड जामिरमा दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको बताइएको छ। घाइते दुबैलाई उपचारका लागि धनगढी लगिएको छ। उक्त जीप नौगाड गाउँपालिकाले भाडामा लिएको थियो ।

Read More