Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको गेटा अस्पतालले एक महिनामा साढे चार सय भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत गेटा मेडिकल कलेजको भवनमा कात्तिक १ गतेदेखि न्यूनतम स्वास्थ्य सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको थियो । एक महिनाको अवधिमा अस्पतालमा चार सय ६० जनाले ओपीडीमार्फत उपचार सेवा लिएको अस्पतालका कम्प्युटर अपरेटर भरत जोशीले जानकारी दिए । उनकाअनुसार अस्पतालबाट दुई सय ३२ जना महिला र दुई सय २८ जना पुरुषले सेवा लिएका छन् भने महिला र पुरुष गरेर ५५ जनाको निःशुल्क उपचार गरिएको छ । गेटा अस्पतालले अहिले ओपीडी सेवा मात्रै सञ्चालन गरिरहेको छ । अस्पतालका निर्देशक डाक्टर प्रमोद…

Read More

बैतडी : नेकपा एमालेको  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ। यात्राको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए। अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम छ। नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा, २०८०’को तयारी तीव्र पारेको जनाएको छ। नेकपा एमालेको जिल्ला कमिटीदेखि पालिका कमिटी, वडा कमिटी, जनवर्गीय संगठनले आवश्यक तयारी थालिसकेको नेकपा एमालेका जिल्ला कमिटीका उपसचिव भण्डारीले बताए। संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिले पनि काम गरिरहेका जनाइएको…

Read More

काठमाडौं : इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो। ‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन्’ इजरायली सरकारले जनाएको छ। इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ। घर फर्किएका आशेर परिवारका तीन सदस्य…

Read More

जाजरकोट: जाजरकोटमा युवाहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सोही वडाको धौलाई भन्ने ठाउँमा लागेको स्थानीय मेलामा भएको विवादमा युवाहरुबीच कुटाकुट भएको थियो। जसमा ३ जनाले शाही एक्लैलाई कुटपिट गरेपछि शुक्रवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप बुझ्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए।

Read More

धनगढी : घुमुवाबाट उठाइएको रकम मागेका सिपाहीलाई गोली हानेर घटना लुकाउने प्रहरी चौकी इन्चार्ज असइलाई महोत्तरी प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। घटना कार्तिक ३० गतेको भए पनि मधेश प्रहरीका डिआइजी र महोत्तरीका एसपीले पनि यो घटना बिहीबार मात्रै थाहा पाएका हुन्। कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असइ बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका हुन्। उनले ‘बढ्ता बोलिस भनेर गोली हानेर मारिदिन्छु’ भन्दा सिपाहीले ‘यो कुरा म डिआइजी, एसपी साहेबलाई भनिदिन्छु’ भनेपछि असइ आक्रोसमा आएका थिए। सिपाहीले ‘ल गोली हान्न सक्ने भए हान्नू’भन्दा असइले आफ्नै पेस्तोलबाट गोली हान्दा सिपाहीले छल्दा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ। सातै प्रदेश मध्ये सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेश सरकारले लगानी एवं विकास सम्मेलनको आयोजना गर्न लागेको हो। सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन तथा विकासका लागि सहकार्य गर्ने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले जानकारी दिए। निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न प्रदेश सरकारले पहिलो पटक लगानी एवं विकास सम्मेलन गर्न लागिएको उनले बताए । यसैबिच आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल…

Read More

काठमाडौं : भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन्। हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो। यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्यनका विविध…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन्। नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन्। मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे।

Read More

कञ्चनपुर : कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ। हिजो शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए। त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए। पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रम को आयोजना गरेको पहिलो दिनमै राप्रपाका १८ जना नेता कार्यकर्ताहरू लाई धरपकड गरि प्रहरी हिरासतमा राख्ने गैर लोकतान्त्रिक अभ्यासप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको…

Read More

काठमाडौं-: चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाएका हुन्। १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका पीडितहरु मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन्। पीडितहरुमा रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ।

Read More