Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सो भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पु¥याउने उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले मौलिक परम्पराको संरक्षण गर्नुपर्नेमा समेत जोड दिएका छन् । आज विश्वभर हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक धूमधामका साथ यो पर्व मनाउने गर्दछन् । द्वापर…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सेवाग्राहीसँग लिएको जरिवाना फिर्ता गर्ने जनाएको छ । असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित नहुँदा अहिले यातायात व्यवस्था कार्यका ललगायतका कार्यालयमा सेवाग्राहीले जरिवाना तिर्नु परेको छ । आर्थिक ऐन ल्याएर जरिवाना फिर्ता गर्ने तयारी भइरहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले जानकारी दिए । सेवाग्राहीले तिरेको जरिवाना हामी फिर्ता गर्छौं उनले भने आर्थिक ऐन ल्याएर हामीले त्यस्तो व्यवस्था गर्ने तयारी गरेका छौं । राज्यमन्त्री बमले सरकारले अघिल्लो पल्ट कर संकलन गर्ने उद्देश्यले मात्रै अध्यादेश ल्याइएको बताए । ‘खर्च उठाउने भन्ने अध्यादेशमा जरिबाना सम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन। तर सेवाग्राही मर्कामा परेको भन्ने कुरा…

Read More

काठमाडौं : नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौती भएपछि सशस्त्र प्रहरी बलका अधिकारीहरु समेत सर्वोच्च अदालत पुगेका छन् । १६ भदौदेखि अवकाश पाउन लागेका डिआइजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन् । डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन्। मंगलबारका लागि उनीहरुको पेशी तोकिएको छ । गत बिहीबार नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सोही आधारमा उनीहरु जागिर लम्बिने आशमा सर्वोच्च गएका हुन् । सशस्त्रमा ३०…

Read More

धनगढी : कैलालीको अत्तरियाको एक होटलबाट यौनधन्दामा संलग्न तीन जना पक्राउ परेका छन् । अत्तरियास्थित गोकुलेश्वर होटलमा अनैतिक गतिविधि गरिरहेको अवस्थामा १ महिला र २ पुरुष पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलिले होटलमा छापा मारेको थियो । छापाको क्रममा पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै शनिबार अत्तरियाका विभिन्न होटलबाट यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका थिए ।

Read More

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिबल मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेका हुन् । भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भट्ट २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । १८ वर्षदेखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका उनी प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि भलिबलको मुख्य प्रशिक्षकको जिम्‍मेवारी पाएका हुन् । यस्तै तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले बताए । उनी २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा…

Read More

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु बम भएको बताइएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १२ बजे थाहा पाएको थियो। नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको थियो। उक्त डिस्पोज गरिएको वस्तु बम भएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए। तर, कैलाली प्रहरीले भने उक्त वस्तुलाई माटो भनेर भनेको छ। हाल देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम…

Read More

काठमाडौं : १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो । इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीलेबताए । निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकाले बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो । बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ ।

Read More

धनगढी : डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो । शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आइतबार बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक साउँद हिजो मात्रै धनगढीबाट घर गएकी थिइन् । घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले ऊनी गम्भीर घाइते भएकी थिइन् । अत्तरियामा बस्दै आएकी दुर्गा ल्याब टेक्निसियन पढ्दै थिइन् ।

Read More

धनगढी : दार्चुलामा ब्राउन सुगर र नगदसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट ९८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ परेका हुन् । बैतडीबाट गोकुलेश्वर दार्चुला आइरहेको सुपप्र ०१००१ प २०६९ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा लागुऔषध भेटिएपछी मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । पक्राउ परेका दुबै जनाको साथबाट ९८० मिलिग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपयाँ बरामद गरिएको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरीले जनाएको छ।

Read More