Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ। यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन्। यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद भएको जानकारी दिए। ‘पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ’, उनले भने, ‘किसानहरु धान बिक्रीका लागि आउनेक्रम जारी छ।’ गतवर्ष १४ हजार क्वीन्टल…

Read More

नयाँदिल्ली: पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन् । प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार उक्त सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको थियो । ‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ,’ वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई बताएका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा मिथाइल अल्कोहल रहेको पुष्टि गरेको उनको दाबी छ ।  प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र मधेस प्रदेश लगायत…

Read More

धनगढी : सशस्त्र प्रहरी बलले दश लाख आठ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हे.क्वा. कैलाली र मातहत बि. ओ. पि.समेतको टोलीले करिब दश लाख आठ हजार दुई सय मुल्य बराबरको अबैध सामानहरु बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । बुधबार सशस्त्र प्रहरी बल, नेपाल वि. ओ. पि. बंग्राकटानका सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालको कमाण्डमा खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले धनगढी उप-म.न.पा.-९ बंग्राकटान स्थित सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको लत्ता कपडा र मंसिर १४ गते सशस्त्र प्रहरी निरीक्षक धन…

Read More

कर्णाली : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताएका छन्। सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । प्रहरी नायब महानिरीक्षक ढकालले भने, ‘कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो ।’ उनका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम…

Read More

विराटनगर : मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् । दुर्घटनापछि ट्रक चालक फाकफोकथम गाउँपालिका–४ का २२ वर्षीय योगेन्द्र थापामगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । पक्राउ परेका थापामगरसँग सवारी चालक अनुमतिपत्र छैन । ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी नगरपालिका–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारी साधनहरुलाई दिउँसो सवा २ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट ३ वटा अटो रिक्सा, ४ वटा मोटरसाइकल, २ वटा सीटी सफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको…

Read More

काठमाडौँ : नेपाली वायुसेवाहरुलाई युरोपियन युनियन (ईयू) ले आफ्ना सदस्य मुलुकहरुमा १० वर्षदेखि लगाएको उडान निषेधलाई निरन्तरता दिने भएको छ । नेपाल वायुसेवा निगमलाई युरोप उडानमा जान सक्नेगरी थुप्रै संस्थागत कमजोरीहरु औंल्याउँदै १० वर्षदेखि लगाएको उडान निषेधलाई निरन्तरता दिने जनाएको छ । युरोपियन युनियनका तर्फबाट डीभीमुमका निर्देशक फिलिप कोरनेलीसले बुधबार नेपालको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हालै नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्यांकन तथा यसकै आधारमा २८ कात्तिकमा बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाललाई लगाउँदै आएको सुरक्षा सूची (कालोसूची) लाई निरन्तरता दिने जनाएको छ । ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा आई नेपाल…

Read More

काठमाडौँ : इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटेको छ।

Read More

काठमाडौं : अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन् । उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे । फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन-थ्रिलर हुने उल्लेख गरेका छन् । २०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीका फिल्ममा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन् ।

Read More

काठमाडौं : अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको यात्रा तय गरेको हो। युगान्डाले ६ खेलमा ५ वटा जित्दै १० अंक जोड्यो। छनोटमा युगान्डाभन्दा अघि नै नामिबियाले एक खेल खेल्न बाँकी रहँदै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छानिइसकेको छ। युगान्डाको यो जितले जिम्बावेको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ। युगान्डाको सिनियर टोली पहिलो पटक विश्वकपमा छानिएको हो। यू-१९ टोलीले भने ३ पटक विश्वकप खेलिसकेको छ। वान्डरेस क्रिकेट मैदानमा रवान्डाले जितका लागि दिएको ६६ रनको लक्ष्य युगान्डाले ८ ओभर…

Read More