Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा जुवाखालबाट १० जना समातिएका छन्। हिजो (शुक्रबार) जिल्लाको जानकी गाउपालिका वडा नं २ बढरियास्थित धन बहादुर थारुको घरबाट उनीहरू समातिएका हुन्। उनीहरूलाई जुवातास खेलिरहेका भन्ने सूचनाको आधारमा ३ जोर ताससहित नगद रु. २१ हजार ७०५ रुपैयाँसहित समातिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। यी हुन् जुवाडे १.जिल्ला कैलाली जानकी गा.पा. वडा न. २ बढरिया बस्ने वर्ष५४ को जगत साउद।२.ऐ.ऐ.बस्ने वर्ष ६१ को टेक बहादुर हमाल।३.ऐ.ऐ. बस्ने वर्ष ४६ को टेक बहादुर चौधरी।४.ऐ.ऐ.बस्ने वर्ष५९ को रमेस दमाइ।५.ऐ.ऐ. बस्ने वर्ष३५ को यज्ञ चौधरी।६.ऐऐ बस्ने वर्ष ५२ को छबिलाल…

Read More

काठमाडाैं: चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ। जसमध्ये ६६  वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएकाे छ। दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरी बल, नेपालले बताएकाे छ। चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अबैध गतिविधि,…

Read More

धनगढी: सुदूरपश्चिममा भन्सार छल्ने ३ जना सशस्त्र प्रहरी बल नेपालका कर्मचारी कारबाहीमा परेका छन्। भन्सार नतिरी सामान ल्याउन खोज्ने ३ जना सशस्त्र प्रहरीहरु कारबाहीमा परेका हुन्। उनीहरूमाथि अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप छ। उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत थिए। कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवर रहेका छन्। उनीहरूलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको जनाएको छ। उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको छ। यस्तै उनीहरुलाई नं. ३४…

Read More

काठमाडौं: नेपाल प्रहरीकी एक विवादित इन्सपेक्टर निलम्बनमा परेकी छन्। गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई निलम्बन गरेको हो। शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ। प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ। उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निलम्बन लागि सिफारिस गरेको थियो। यसविषयमा…

Read More

काठमाडाैं: बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा मिलेमतो गरेकाे प्रकरणमा ललितपुरको प्रहरी प्रभाग भैँसेपाटीकी ‘विवादित’ इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि पठाइएको पत्र गृह मन्त्रालयमा पुगेको छ। छानबिनका क्रममा उनले आपराधिक समूहलाई सहयोग गरेको भेटिएपछि निलम्बन प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्। उनले आजै निलम्बनको पत्र गृह मन्त्रालयमा पठाइएको जानकारी दिइन्। जिल्ला प्रहरी परिसर ललितपुरले प्रारम्भिक छानबिन प्रतिवेदनबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराइसकेको छ। जसअनुसार यसमा इन्स्पेक्टरलगायतविरुद्ध मुद्दा चलाउनुपर्ने प्रस्ट आधार तय भइसकेको छ। उक्त प्रकरण डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले छानबिन गरेका…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) सारेको छ। हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो। तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो। सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय स्रोतले जनाएको छ। अहिले भने सशस्त्र प्रहरी उद्धार तथा राहत कार्यक्रममै लागेको जनाइएको छ। दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन्।

Read More

धनगढी: कैलालीमा एक किशोरी दुईपटक बलात्कारमा परेकी छिन्। बलात्कारका दुई जना आरोपीलाई भने पक्राउ गरिएको छ। छुट्टाछुट्टै समयमा १६ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका वडा नम्बर २ का १६ वर्षीय किशोर नेपाली र सोही ठाउँका ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार १६ वर्षीय किशोरले भदौको तेस्रो हप्ता आफ्नै घरमा बोलाएर र ७१ वर्षीय मगरले चौथो हप्तामा छिमेकिको घरमा बोलाएर बलात्कार गरेको आरोप लगाइएको छ। १६ वर्षीया किशोरीले बिहीबार मात्रै आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी गराएकी हुन्। दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान…

Read More

काठमाडौं: नेपाल प्रहरीको विवादित इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीको प्रकरण अहिले छानबिनमै छ। ललितपुर प्रहरी परिसरले एक समिति नै बनाएर शाहीमाथि छानबिन गरिरहेको हो। तर, छानबिनकै क्रममा शाहीले आफूमाथि हुनसक्ने कारबाहीलाई रोकाउन शक्तिकेन्द्र धाउन थालेकी छन्। उच्च स्रोतका अनुसार शाहीले गृहमन्त्री रमेश लेखकसहित उनकी पत्नी यसोदा लेखकलाई प्रभावमा पारिरहेको बताइएको छ। शाहीले लेखकद्वयलाई भेटेर कारबाही रोक्न लगाएको बुझिएको हो। शाहीले निवासमै भेटेर यसोदामार्फत कारबाही रोक्न दबाब दिएको स्रोत बताउँछ। स्रोतका अनुसार शाहीले पछिल्लो समय पक्राउ परेर थुनामै बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै गृहमा रोइकराई बढाएकी छन्। उनलाई जोगाउन गृहमन्त्रीका पीए जनक भट्ट पनि सक्रिय रहेको बताइन्छ। यस अगाडि प्रहरी महानिरीक्षक बसन्तबहादुर…

Read More

काठमाडौंः ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन्। यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन्। बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए। त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो। घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ। यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो। तर, एक सातासम्म उनको निलम्बन भएको छैन। ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई थुनामा राखेर पैसा असुल्ने…

Read More

अछामः धनगढीबाट अछामका लागि उडेको समिट एयरलायन्सको विमानले आकाशमा तिन फन्का लगाएर अवतरण भएको छ। अछामको साँफेबगर विमानस्थल छेउमा रहेको मसानघाट नजिकै गिद्धले सिनो खाइरहेको देखेपछि विमान अवतरण हुन नसकेको बताइएको छ। झण्डै २० मिनेट आकाशमै घुमेर अवतरण गरिएको समिट एयरलायन्सका प्रतिनिधि विजय कुंवरले बताए। प्रहरीको सहयोगमा मसानघाट नजिकैबाट गिद्ध धपाइएपछि विमान अवतरण गरिएको उनले बताए। बिमानस्थल आसपासमा बंगुर लगायतका जनावर पालन भएको र त्यहाँ जम्मा हुने फोहोरको थुप्रोमा चील लगायतका जनावर आइरहने जोखिम निम्तिने भएका सोतर्फ आवश्यक सहजीकरण गरिनु पर्ने समिट एयरलायन्सका प्रतिनिधि कुँवरले बताए।

Read More