Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रहरीले कैलालीमा २ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ फन पार्कबाट उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित कैलालीकै गोदावरी नगरपालिका–१ का २५ वर्षीय बिजय बिष्टलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा विष्टको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Read More

बाँके: बाँकेमा ४० जना पुरुषले घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन् । उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ । ‘अधिकांश हिंसामा परेको उजुरी महिलाको तर्फबाट आउने गरेका छन्,’ प्रहरी निरीक्षक विष्टले भनिन्, ‘कतिपय अवस्थामा पुरुषको तर्फबाट पनि उजुरी आइरहेका छन्, हामीले आवश्यक कारबाही गरिरहेका छौं ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार…

Read More

धनगढी: कैलालीमा एक बृद्धा महिला मृत भेटिएकी छन् । जिल्लाको टिकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ बर्षिय धनसरा देबी शाह सोमबार दिउँसो मृत भेटिएको  प्रहरीले जनाएको छ । शाह मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं : चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान भएको छ । बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी क्याम्पसले मंगलबार दरखास्त आह्वान गरेको हो ।  जसअनुसार विभिन्न विषयका लागि २८ जना उपप्राध्यापकहरु माग भएको छ । 

Read More

काठमाडौं : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ । नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो । यस्तै, आजै हुने अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । यो खेल पनि बिहान सवा ११ बजे हुनेछ । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ । अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।

Read More

कैलाली: कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो। सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ । 

Read More

बैतडी : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसंगै बैतडी शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई ६ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरलाई ३३ रनले पराजित गरेको छ । बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ । काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता…

Read More

काठमाडौं: एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो। सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’मा परेपछि रिटको पेशी आजलाई सरेको हो। सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दाठूलो भ्रष्टाचार भएको दाबी गरेका छन्। सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा  हुस्सु लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको…

Read More

कैलाली : कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । १३ बर्षिय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । स्वास्थय परीक्षण गरेर कानुनी प्रक्रिया अगाडी बढिरहेको उनले बताए ।

Read More