Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रहरीको नियन्त्रणमा रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाँजीसिंह खड्का (विजय) छुटेका छन्। हिजो इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई नियन्त्रणमा लिएकोमा आज (आइतबार) छुटेका हुन्। उनले चलाएको स्कारपियोले हिजो (शनिबार) चुरे गाउँपालिका-५ का ५५ वर्षीय पदम सुनारलाई ठक्कर दिएपछि कैलाली प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। घाइतेको उपचार गराउने सहमती गरेर उनी छुटेको प्रहरीले जनाएको छ। घाइते पदमको अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ। ड्राइभर दिपायलमै छोडेर जन्तीमा धनगढी आएका मेयर खड्का शनिबारको दिन आफैं ड्राइभर बनेर सरकारी नम्बर प्लेटको से १ झ ३१७ नम्बरको स्कारपियो चलाएर फर्किन लाग्दा चुरे क्षेत्रमा दुर्घटनामा परेका थिए। र, यो पनि :मेयर बाँजीसिंहले बिदाका…

Read More

धनगढी : बझाङमा बाघले ११ बाख्रा मारेको छ। जिल्लाको थलारा गाउँपालिका- २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मारेको हो। वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बझाङ प्रहरीले जनाएको छ। शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मारेको हो। उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्।

Read More

काठमाडौं : नेपाली महिला राष्ट्रिय फूटबल टोलीकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च लिगमा आफ्नो खेल यात्राको शुरूवात गरेकी छिन्। साम्बाले फ्रेन्च क्लब एन अभान्ट ग्वेनगाम्पका लागि हिजो (शनिवार) ‘डेब्यू’ गर्दै आफ्नो यात्रा माथिल्लो स्तरको युरोपियन लिगमा शुरू गरेकी हुन्। साम्बा बोर्डोविरुद्धको खेलमा शुरूवाती ११ मा थिइनन्। तर, टीम लाइन अपमा समावेश भएकाले उनले वैकल्पिक खेलाडीको रुपमा अवसर पाएकी थिइन्। बोर्डोविरुद्भको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

Read More

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाह आज हुँदै छ। गायिका शिवानी श्रेष्ठसँग जयवीरले आज लगनगाँठो कस्न लागेका हुन्। विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ। आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ। गत १९ जेठमा जयवीर र शिवानीले इन्गेजमेन्ट गरेका थिए।

Read More

काठमाडाैं :  नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ। गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो। बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन्। बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो। यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ।’ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न…

Read More

काठमाडाैं :  दक्षिण अफ्रिकामा जारी यू१९  विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो। सुपर सिक्सको समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो। १६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औँ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबे भन्दा अगाडि रहेको छ।अब सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फेब्रुअरी ६ मा प्रतिस्पर्धा हुनेछ। यस्तै, अर्को सेमिफाइनल फेब्रुअरी ८ मा पाकिस्तान र अस्ट्रेलियाले खेल्नेछन्।

Read More

काठमाडौं : दाङको घोराहीमा प्रहरी जवानले आज(आइतबार) बिहान श्रीमती र छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन्। ‘नेपालगन्जबाट श्रीमती आएकी छिन्’ भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन्। श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको सरुवा भएको छ ।पाण्डेलाई अर्थ मन्त्रालयमा तानिएको स्रोतले बतायो । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका हुन् । पाण्डेले ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनीमाथि गाँजा तस्कर भगाएको लगायत विभिन्न आरोप छ ।

Read More

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा नचिनेका मानिसहरूको समूहको गोली  प्रहारबाट एक व्यवसायी घाइते भएका छन्  । बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।  सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए । पाखुरामा गोली लागेर घाइते विश्वकर्माको बुटवलस्थित तिनाउ अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि साधरणतया…

Read More