Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन्। स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाैधरीलाई समेत पक्राउ गर्न खोजिरहेको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोदले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ। स्रोतका अनुसार अरुणको मात्रै नभएर विनोदकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ। उनीहरूले पञ्चायत कालदेखि नै जग्गा हडपेका हुन्। चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ। विनोदले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन सरेको छ। आउँदो फागुन २३ र २४ गते हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुग्ने भन्दै मिति सारिएको हो। सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। तर, सो निर्णय भने प्रदेश सरकारले हालसम्म सार्वजनिक नगरेको पाइएको हो। एक कार्यक्रममा मुख्यमन्त्री शाहले आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए। पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो। प्रदेश सभामा पनि सांसदहरुले सम्मेलनको विरोध गर्दै आएका थिए।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले जति काम गरेपनि वावाही नपाउने गरेको दुखेसो गरेका छन्। आज (बिहीबार) धनगढीमा न्यूज २४ टीभीले आयोजना गरेको ‘सीधाकुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा उनले सो कुरा बताएका हुन्। कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुने भएपनि बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा समेत आफूले वावाही नपाएको उनी बताउँछन्। उनी भन्छन्, ‘कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुन्छ। सबैले राम्रो काम गयो भन्छन्। तर, मुख्यमन्त्री बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा वावाही पाउँदैन।’ बझाङमा भूकम्प परी ज्यान गुमाएका मृतकका परिवारलाई संघीय सरकारभन्दा अगाडि दुई…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ। बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनका अनुसार दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भइरहेको छ। डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको साहुखर्क, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जानकारी आएको छ। हेर्नुहोस् खप्तड क्षेत्रमा हिमपात : तस्वीर सौजन्य : दीपक खड्का

Read More

काठमाडाैं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगी–व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ। स्रोतका अनुसार, उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न (आज) बिहीबार दिउँसो पक्राउ गरिएको हो। अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको आरोप छ। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ। मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा अलआउट भएको हो। पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए।

Read More

काठमाडौं : सरकारले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधान गर्न आयोग गठन गरेको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आरक्ष पीडितको व्यवस्थापन स्थायी समाधान गर्न उच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा आयोग गठन गरेको हो। आरक्ष पीडितका समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरक्ष पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। कञ्चनपुरका जनप्रतिनिधि र आरक्ष पीडितहरूले पटक-पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए।

Read More

काठमाडौं : निर्वाचन आयोग उप निर्वाचनको तयारीमा जुटेको छ। आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो। स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए। आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ। आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन्। नगर उपप्रमुख…

Read More

काठमाडौं : सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले हिजो मिसिल झिकाउने आदेश गरेको हो। रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो। यस्तै काठमाण्डौ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमतीले सर्वोच्चमा निवेदन दायर गरेकी थिइन्।

Read More

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार नपुर्‍याएको बताएका छन्। बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्‍यक्त गरे। अध्यक्ष नेपालले भने, ‘गिरिजा बाबु त मसँग बिनासल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ कसरी अचानक बोल्नुभयो खैरु’ एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो निरु भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्रीसमेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पणी गरे। ओलीले…

Read More