Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाका दुई स्थानीय तहहरुले दुई दिन स्थानीय बिदा दिएका छन् । राष्ट्रकै सातौं धामको रुपमा रहेको मालिकार्जुनमा धाममा लागेको जात्राको अवसरमा स्थानीय बिदा दिइएको हो ।  दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले यही मंसिर १० गते आइतबार र ११ गते सोमबार बिदा रहेको जनाएका छन् । शैल्य मालिकार्जुन शिखर धुरामा आज पूजन जात्रा लाग्दैछ भने भोलि मालिकार्जुन मन्दिरमा जात्रा लाग्दैछ। हरेक बर्ष कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मालिकार्जुन धाममा जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् ।

Read More

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले आपत्ति जनाएको हो । “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” कोषले भनेको छ, “पत्रिकाहरूमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड विपिन रावतकाे गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र…

Read More

गुुलरिया : बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। नगरपालिका–४ स्थित तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालका अनुसार ३५ वर्षीय राधा बुढा, १० वर्षीया मानुषी बुढा, आठ वर्षीय कृष चन्द र दुई वर्षीय कार्तिक चन्दको मृत्यु भएको हो। यस्तै २८ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्। आगलागीको कारणबारे खुल्न बाँकी रहेको अर्यालले बताए।

Read More

कैलाली : धनगढीलाई सुन्दर सहर बनाउने लक्ष्यका साथ नगरका सार्वजनिकस्थलका भित्ता (पर्खाल) मा स्थानीय कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र उतार्न थालिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले भित्तामा कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यलगायत चित्र उतारेर धनगढी र खासगरी सुदूरपश्चिमलाई चिनाउने अभियान थालिएको बताए । धनगढी रङ्गशालाको भित्ता (पर्खाल) मा चित्र उतारेर कला, संस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्य चिनाउने यो अभियान थालिएको हो । हमालले भने, “अब धनगढीका भित्ताले सुदूरपश्चिमको कला संस्कृति र पर्यटकीय गन्तव्यका बारेमा आगन्तुकलाई जानकारी गराउनेछन् ।” चित्र उतारिएका पर्खालमा कुनै पोष्टर, पर्चा नटाँस्न र फोहर नगरिदिन उपमहानगरपालिकाले नगरवासीसँग आग्रह गरेको छ । उपमहानगरपालिकाले धनगढीलाई सुन्दर…

Read More

काठमाडौं: नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो । प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो । shc_saruwaDownload

Read More

काठमाडौं: हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहनेछ। यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश लगायत देका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको…

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि बढुवाका लागि सूचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकद्वारा प्रकाशित सूचनाअनुसार सशस्त्र प्रहरीको साधारण तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), स्वास्थ्य तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), प्राविधिक सञ्चार तथा इन्जिनियरिङतर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), साधारण समूहका सशस्त्र प्रहरी नायब निरीक्षक (असई), बरिष्ठ हवल्दार र हवल्दार बढुवाका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन माग गरिएको छ । सूचना अनुसार बरिष्ठ सईका लागि सईले, सईका लागि असई, असईका लागि बरिष्ठ हवल्दारले, बरिष्ठ हवल्दारका लागि हवल्दारले र हवल्दारका लागि सहायक हवल्दारले आवेदन दिनुपर्नेछ । आफूलाई योग्य…

Read More

धनगढी: बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन्। जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन्। उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए। सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाहले जानकारी दिए। हतियारजस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै असई चन्दलाई प्रारम्भिक कारबाही गरिएको र थप कारबाहीका लागि छानबिन समितिले अनुसन्धान गरिरहेको उनले बताए। यस्तै बन्दुक पड्काउनेलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।

Read More

कैलाली : कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्ने महोत्सवको तयारी सुरु भएको हो । कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवर शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारीका लागि ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ । अहिले महोत्सव स्थललाई जस्ता पताले घेरबार गर्ने काम भइरहेको छ । महोत्सवका संयोजक समेत रहेका कुँवरले चार सय स्टल रहने महोत्सवबाट १० करोडको कारोबार हुने बताए ।…

Read More

काठमाडौं : धनगढी उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ । आगो देखिएको इन्जिन बन्द गरी अर्को इन्जिन सञ्चालन गरेर जहाज काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनका अनुसार जहाज काठमाडौंबाट दिउँसो ३ः४३ मा उडेको थियो । ७५ जना यात्रु रहेको विमान ४ः२३ मा काठमाडौं फर्किएको थियो । यात्रुलाई अर्को जहाजमार्फत धनगढी लगेको प्रवक्ता झाले जानकारी दिए ।

Read More